© २०२३
काठमान्डौ, २३ असोज ।
प्रहरीले काठमाडौंको माइतीघर मण्डलामा भेला भएका जेनजी समूहका १६ जनालाई छानीछानी पक्राउ गरेको छ । पक्राउ पर्नेमा डा। निकोलस भुसाल र सञ्जीव दाहालसहित अन्य सदस्यहरू रहेका छन् ।
उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ ।
माइतीघर क्षेत्रमा भुसाल नेतृत्वको समूह शान्तिपूर्ण प्रदर्शन गर्ने उद्देश्यले भेला भएको थियो । समूहले कोषसभा आयोजना गर्ने तयारी गरेको जानकारी भए पनि प्रहरीले त्यसलाई अवरोध गरेको बताइएको छ ।
पक्राउ परेका व्यक्तिहरूको विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।