© २०२३
काठमान्डौ, २३ असोज ।
नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले अध्यक्ष केपी शर्मा ओलीलाई छोए भने देशभरि आगो बल्ने चेतावनी दिएका छन् । बिहीबार भक्तपुरको गुण्डुमा आयोजित कार्यक्रममा उनले यस्तो चेतावनी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिएका हुन् ।
बस्नेतले भने, “नेकपा एमाले केपी ओली र महेश बस्नेत छाती फर्काएर हिँड्दैनन् । हिजोका राणा, पञ्च र शाही शासनले माओवादीलाई युथफोर्स बनाएर कान्छी औलाको भरमा लडाएको हो, आज पनि त्यही टोलीको नेतृत्व हामीले गर्दै आएका छौं ।”
उनले वर्तमान राजनीतिक परिप्रेक्ष्यमा जनेजी नामका समूहले चुनौती दिँदै गृहमन्त्रीलाई ‘हाहुमा’ पार्ने प्रयास गरेको भन्दै सावधान रहन आग्रह गरे । साथै भ्रष्टाचारको छानबिनमा एमाले सहयोग गर्न तयार रहेको पनि उनले बताएका छन् ।
बस्नेतले भने, “सहयोग गर्न तयार छौं, हाम्रा बारेमा पनि छानबिन गर्न सकिन्छ, तर नेपालको नम्बर एक भ्रष्टाचारी कुलमान घिसिङबाट सुरु गर्नुपर्छ ।” उनले अर्थमन्त्री रामेश्वर खनालको स्रोत र बालेन शाह तथा सुदन गुरूको छानबिन प्राथमिकतामा राख्नुपर्ने बताउँदै प्रश्न उठाए ।
त्यसैगरी उनले एमालेको युवा संगठनले आगामी असोज २५ गते मोटरसाइकल र्याली गरेर आफ्नो शक्ति प्रदर्शन गर्ने चेतावनीसमेत दिएका छन् ।