© २०२३
बुटवल मंसिर । लुम्बिनी बचत तथा ऋण सहकारी संस्था लि. बुटवलले बृद्धबृद्धाहरु लाई न्यानो कपडा, स्वास्थ्य परिक्षण प्रदान गरेको छ । शिद्धबाबा दुर्गाभवानी बृद्धाश्रमको प्रांगणमा आयोजना गरेको कार्यक्रमका कार्यक्रममा आश्रममा आश्रीत हरुको लागि स्वाथ्य परिक्षण तथा सहयोगप्रदान गरिएको हो ।
नगरपालिका पुर्व कार्यपालिका सदस्य रंजित शेरचन सहकारीका अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठ, महिला उप–समिति संयोजक सुजिता शेरचन लगायतले सहयोग प्रदान गरेका हुन । कार्यक्रममा बोल्दै पुर्व कार्यपालिका सदस्य शेरचनले सहकारीले गरेको काम नमुनायोग्य भएको बताएका थिए । कार्यक्रममा संस्थाका उपाध्यक्ष कर्ण कुमार ह्र्योजू, ले.सु.स. संयोजक त्रिविक्रम श्रेष्ठ, संचालक सदस्य उमा राना लगायतले आ आफ्नो भनाई राखेका सहकारीका व्यवस्थापन विनोद प्रताप ज.ब.रा.ले जानकारी दिए ।