ट्रेंडिंग:

>> शिक्षामा प्रेरणा: शिवराजमा थारु विद्यार्थीका लागि हाजिरी जवाफ >> बुटवलदेखि तिनाउ सत्यवतीसम्मको रमाइलो यात्रा  >> वैदेशिक भूमिमा पत्रकारिताको योगदान : तिलु शर्मा पौडेल सम्मानित >> युवा सचेतना र सांस्कृतिक कार्यक्रमसहित रोयल नेपाल यूथ एसोसिएसनको वार्षिकोत्सव  >> वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज >> कोलिय गणराज्यको राजधानी क्षेत्रमा अध्येयता >> शक्ति सन्तुलनको पौराणिक गाथा >> खम्पा विद्रोह र नेपाल: १९६० दशकको तिब्बती सङ्कटको प्रभाव   >> बौद्धस्थल लुम्बिनी: पर्यटकको ‘अन्तिम बिसौनी’ >> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ >> अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा >> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना >> के पी ओलीले भने – एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने पार्टी होइन >> चितवन पुगे रवि लामिछाने >> हुस्सु र घट्दो दृश्यताका कारण आधा दर्जन विमानस्थल बन्द >> ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो >> मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी >> उपमहासचिव पदमा पराजित रिमालले भने– मेरो हार स्वाभाविक हो >> रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुरतर्फ उड्यो >> जिप ठक्करमा ५ वर्षीय बालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा वृद्धको ज्यान गयो >> खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला >> जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता, अति गम्भीरलाई १८ हजार >> सुन मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो >> मौसमका कारण उडान प्रभावित, रवि लामिछाने भरतपुरसम्म जहाज र त्यसपछि गाडीमा आउँदै >> केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले >> चिकित्सकीय कमजोरी स्वीकार्दै भेरी अस्पतालले माग्यो माफी >> जेलबाट छुटे लगत्तै रवि चितवन जाने, २४ कोठीमा विशेष सम्बोधन >> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत

जेनजी आन्दोलनका शहीद परिवारका एक सदस्यलाई रोजगारी दिने चौधरी ग्रुपको घोषणा

२२ आश्विन २०८२, बुधबार
२२ आश्विन २०८२, बुधबार

 काठमाडौं, २२ असोज ।

व्यावसायिक घराना चौधरी ग्रुप (सीजी) ले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रत्येक शहीद परिवारका एक सदस्यलाई रोजगारी दिने घोषणा गरेको छ ।

सीजीका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो घोषणा गरेका हुन् । उनका अनुसार, भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा ६ दर्जनभन्दा बढीले सहादत प्राप्त गरेका थिए ।

‘जेनजी आन्दोलनका प्रत्येक शहीद परिवारका एक सदस्यलाई हामी रोजगारी प्रदान गर्नेछौं,’ चौधरीले लेखेका छन्, ‘यो केवल हाम्रो वाचा मात्र होइन, हाम्रो गहिरो कर्तव्य र श्रद्धा हो । हामी सँगै उभिनेछौं, पुनर्निर्माण गर्नेछौं, आशा, सहानुभूति र सम्मानसहित यो देशको सुन्दर र उज्ज्वल भविष्य निर्माण गर्नेछौं ।’

चौधरीका अनुसार, सीजी टिमले रोजगारी प्रक्रियाका लागि सम्पूर्ण शहीद परिवारसँग सम्पर्क गर्ने कार्य थालिसकेको छ । यसका लागि सीजीका कर्पोरेट कम्युनिकेसन विभाग प्रमुख मधुसूदन पौड्याललाई मोबाइल नम्बर ९८५१२२४००० मा सम्पर्क गर्न सकिने जानकारी दिइएको छ ।

यद्यपि, चौधरी समूहले यस्तो मानवीय कदम घोषणा गरे पनि आन्दोलनका क्रममा निजी क्षेत्रका रूपमा समूहले ठूलो आर्थिक क्षति भोगेको जनाएको छ ।

समूहका अनुसार, जेनजी आन्दोलनका कारण सीजीलाई करिब ५ अर्ब रुपैयाँ बराबरको प्रारम्भिक क्षति पुगेको हो । यो क्षति आन्दोलनका क्रममा तोडफोड, लुटपाट र आगजनीबाट भएको समूहले जनाएको छ ।

काठमाडौं सतुङ्गलस्थित सीजी इलेक्ट्रोनिक्स कारखाना र गोदाममा आगजनी हुँदा भवन, मेसिन, उपकरण, मौज्दात सामान, तयारी उत्पादन र सवारीसाधन पूर्णरूपमा नष्ट भएको जनाइएको छ । त्यसैगरी, सिजी नेटको सर्भर र डाटा सेन्टरमा पनि क्षति पुगेको छ ।

राजधानी लगायतका विभिन्न स्थानमा रहेका सीजीका अन्य शोरुम, कार्यालय र सेवा केन्द्रहरूमा पनि तोडफोड तथा आगजनी गरिएको थियो ।
थापाथलीस्थित सिजी मोटर्स शोरुम, हरिसिद्धिको सर्भिस सेन्टर, रविभवन र बर्दघाटस्थित अध्यक्ष विनोद चौधरीको निजी निवास तथा कार्यालय, साथै ललितपुर, विशालनगरलगायतका शोरुमहरूमा समेत क्षति पुगेको छ ।

चितवनको भरतपुरस्थित सीजी ल्यान्डमार्क र जोरपाटीस्थित चाँदबाग स्कुलमा पनि लुटपाट, चोरी, तोडफोड र आगजनी भएको छ ।
विद्यार्थी ओसारपसारमा प्रयोग हुने ६ वटा सवारीसाधनमा आगजनी गरिएको छ ।

प्रबन्ध निर्देशक निर्वाण चौधरीले भनेका छन्, ‘जेनजी आन्दोलनका क्रममा हाम्रो निजी निवास, कार्यालय, शोरुम र कारखानाहरूमा भएको विध्वंसले हामीलाई गहिरो पीडा दिएको छ । तर यो पीडादायी घडीमा पनि हामी दृढ आत्मविश्वासका साथ पुनर्निर्माण यात्रामा अगाडि बढिरहेका छौं । चौधरी ग्रुप र समग्र परिवारले यो कठिन समयमा पनि उच्च सम्मानसहित अघि बढ्न चाहन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?