Butwal Today

पोखरा लिची बगान प्रकरण: दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा

२२ आश्विन २०८२, बुधबार
अ+
अ-

काठमाडौँ ।

पोखराको लिची बगान जग्गा घोटाला प्रकरणमा दुई पूर्व मन्त्रीसहित सात जना विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग विशेष अदालत पुगेको छ । उनीहरूविरुद्ध ७८ लाख रुपैयाँ बिगो माग दाबी गरिएको छ ।

पूर्व मन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहित सात जनाविरुद्ध मुद्दा दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिएका छन् । उनका अनुसार हाल विशेष अदालतमा मुद्दा रुजु गर्ने प्रक्रिया अगाडि बढिरहेको छ ।

जग्गा हिनामिना योजनासँग सम्बन्धित घूस डिलको अडियो सार्वजनिक भएपछि यो प्रकरणमा अनुसन्धान तीव्र पारिएको थियो ।

सार्वजनिक अडियोमा पूर्व मन्त्रीहरू र बिचौलियाहरूबिच घूस लेनदेनको संवाद रहेको आरोप लागेको छ, जसपछि अख्तियारले उनीहरूमाथि मुद्दा अगाडि बढाएको हो ।