Butwal Today

हातखुट्टाको हेरचाह कसरी गर्ने ? जान्नुहोस् यी सजिला उपायहरू

२२ आश्विन २०८२, बुधबार
अ+
अ-

बुटवल, २२ असोज ।

हाम्रो शरीरको सबैभन्दा बढी प्रयोग हुने अङ्ग — हात र खुट्टा हुन् । दैनिक काम, धुलो, घाम, पानी र रासायनिक पदार्थको असरले गर्दा यी अङ्गहरू प्रायः सुकेका, कालो परेका वा फाटेका देखिन्छन् । तर थोरै ध्यान र नियमित स्याहारले हातखुट्टालाई सफा, नरम र आकर्षक राख्न सकिन्छ ।

साथै यिनै अङ्गले हाम्रो व्यक्तित्वको पहिलो झल्को दिने गर्छन् । त्यसैले हातखुट्टाको हेरचाह केवल सौन्दर्यका लागि होइन, स्वास्थ्यका लागि पनि अत्यावश्यक छ ।

हातखुट्टाको हेरचाह कसरी गर्ने भन्ने बारेमा जान्नुहोस् यी सजिला उपायहरू :

१. नियमित सफाइ कसरी गर्ने ?

-हरेक दिन घर फर्किएपछि कोमल साबुन र तातो पानीले हातखुट्टा राम्ररी धुनुहोस् ।

-धोएपछि सफा तौलियाले मुछेर सुखाउनुहोस् ।

-धेरै बेर पानीमा बस्दा छालाको प्राकृतिक तेल हराउने भएकाले अत्यधिक धुने वा बारम्बार साबुन प्रयोग गर्नु हुँदैन । त्यसैले हप्तामा १–२ पटक नुनिलो तातो पानीमा खुट्टा डुबाएर राख्दा फोहोर हट्छ र दुर्गन्ध घट्छ ।

२. मोइस्चराइजरको प्रयोग गर्ने तरिका :,

-हातखुट्टा धोएपछि मोइस्चराइजर वा प्राकृतिक तेल (जस्तै नरिवल, बदाम वा जैतून तेल) लगाउनुहोस् ।

-राति सुत्नु अघि खुट्टामा गाढा क्रिम लगाएर मोजा लगाउने बानीले फाटेका खुट्टा निको पार्छ ।

-हातमा लोशन लगाउँदा औँला र नङ वरिपरि पनि ध्यान दिनुहोस् ।

३. नङको हेरचाह कसरी गर्ने ?

-नङहरूलाई नियमित रूपमा सिधा आकारमा काट्नुहोस् ।

-काटेपछि नङ फाइल गरेर छेउका धारहरूलाइ नरम बनाउनुहोस् ।

-नङ वरिपरि सुक्खा छालालाई तेल लगाएर नरम राख्नुहोस् ।

४. खुट्टाको हेरचाह कसरी गर्ने ?

हप्तामा कम्तीमा एकपटक ‘फुट स्याक’ गर्नुहोस् — तातो पानीमा नुन, बेकिन सोडा वा केही थोपा एसेंशियल आयल हाल्नुहोस् ।
खुट्टा १५ मिनेटसम्म डुबाएर राख्नुहोस् । प्यूमिक स्टोन (पारिलो ढुंगा) वा फुट स्क्रबरले एडी र खुट्टाको तल्लो भाग सफा गर्नुहोस् । खुट्टालाइ सुख्खा बनाएर क्रिम वा भ्यासलिन लगाउनुहोस् ।

घरेलु उपाय के के छन् त ?

– मेवा वा काक्रोको रसको प्रयोग गर्नुहोस । यसले खुट्टाको कालोपन घटाउँछ ।
– कागतीको रस र बेसारको मिश्रणले खुट्टा सफा गर्नुहोस । यसले फाटेका एडी सफा गर्न मद्दत गर्छ ।

५. हातको सुरक्षाका उपायहरु :,

-घरका काम (जस्तै कपडा धुने, भाडा माझ्ने) गर्दा पन्जा लगाउनुहोस् ।

-घाममा निस्कने समयमा सनस्क्रिन को प्रयोग गर्नुहोस । यसले हातको छाला कालो हुने वा सुख्खा हुने समस्या घट्छ ।

-हात नरम राख्न हप्तामा एकपटक सुगर र मह मिसाएर स्क्रब गर्नुहोस् ।

६. घरमै गर्न सकिने सरल ह्यान्ड एन्ड फुट प्याक

ह्यान्ड प्याक :  बेसन,  दही,  महको मिश्रणलाई हातमा १५ मिनेट लगाएर धुनुहोस् ।

फुट प्याक : आलु र काक्रोको रस अनि  बेसारको मिश्रणलाई एडीमा लगाएर २० मिनेट राख्नुहोस । सुकीसकेपछि तातो पानीले धुनुहोस् ।

सौन्दर्य बाहिरी मात्र होइन, भित्री सन्तुलनमा पनि निर्भर हुन्छ।

७.  स्वस्थ खानपान र पानीको मात्रा

-प्रशस्त पानी पिउनुहोस् ।

– फलफूल, सागसब्जी र प्रोटिनयुक्त खाना सेवन गर्नुहोस् ।

-भिटामिन सि र इ भएको खाना (जस्तै बादाम, स्याउ, सुन्तला) खानुहोस । यसले छालाको चमक बढाउँछ ।

हातखुट्टाको हेरचाह कुनै विलासिता होइन, जीवनशैली हो । थोरै समय र ध्यानले तपाईंका हातखुट्टा नर्म, चम्किला र स्वस्थ रहन्छन् ।
सफा हातले आत्मविश्वास बढाउँछ, नरम खुट्टाले सहजता ल्याउँछ । यही सन्तुलन नै सौन्दर्य र स्वास्थ्य दुवैको आधार हो ।