© २०२३
काठमान्डौ, १६ असोज ।
यही असोज २२ गतेदेखि ३१ गतेसम्म ओमानमा हुने आईसीसी पुरुष टी–२० विश्वकप छनोट प्रतियोगितामा सहभागी हुन नेपाली राष्ट्रिय क्रिकेट टोली ओमान गएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार विज्ञप्ति जारी गर्दै टोली ओमान पुगेको जानकारी दिएको हो ।
टोलीमा केही समय विवादमा रहेका स्पिनर सन्दीप लामिछाने पनि समावेश छन् । उनले वेस्ट इन्डिजविरुद्धको पहिलो खेल शुरू हुनुअघि मात्र नखेल्ने निर्णय लिएको र त्यसपछि बाँकी दुई खेलका लागि निलम्बनमा परेका थिए । क्यानको विज्ञप्तिअनुसार, ओमानमा हुने विश्वकप छनोटका लागि उनलाई टोलीमा पुनः सहभागिता गराइएको हो ।
नेपालले समूह चरणमा कुवेत र जापानसँग प्रतिस्पर्धा गर्नेछ। सो समूहबाट शीर्ष दुई टोली सुपर–६ चरणमा प्रवेश गर्नेछन् ।
सुपर–६ मा प्रवेश गर्ने ६ टोलीमध्ये शीर्ष ३ स्थानमा पर्न सके मात्र नेपालले सन् २०२६ मा भारत र श्रीलङ्कामा हुने टी–२० विश्वकपमा स्थान सुरक्षित गर्न सक्नेछ ।