Butwal Today

विदेशस्थित नेपाली दूतावास र नियोगहरू दशैंमा दुई दिन बन्द रहने

१४ आश्विन २०८२, मंगलवार
अ+
अ-

काठमान्डौ, १४ असोज ।

विदेशस्थित नेपाली दूतावास तथा नियोगहरू असोज १५ गते नवमी र १६ गते दशैंको टीकाको दिन बन्द रहने भएका छन् । दूतावासहरूले यसबारे सार्वजनिक सूचना जारी गरेका छन् ।

नेपाल राजपत्रमा २०८१/११/१५ गते गृह मन्त्रालयले प्रकाशन गरेको सूचनाअनुसार विदेशस्थित नियोगहरूले सम्बन्धित मुलुकका सार्वजनिक विदाहरूलाई समेत ध्यानमा राख्दै बढीमा १८ दिनसम्म विदा आफैं व्यवस्थापन गर्न सक्ने व्यवस्था गरिएको छ ।

दूतावासहरू दशैंको विदामा बन्द रहने भए पनि अत्यावश्यक कार्य भएमा सेवा उपलब्ध गराउने जनाइएको छ । विशेषगरी संयुक्त अरब इमिरेट्सस्थित नेपाली राजदूतावासले तीन दिन विदा दिने व्यवस्था गरेको छ । अन्य दूतावासहरूले भने आवश्यकताको आधारमा विदा व्यवस्थापन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?