ट्रेंडिंग:

>> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ

कार्कीको अभिव्यक्तिप्रति सामाजिक सञ्जालमा आलोचना, छानबिन समितिको निष्पक्षतामाथि प्रश्न

१३ आश्विन २०८२, सोमबार
१३ आश्विन २०८२, सोमबार

काठमाडौँ ।

गत भदौ २३ र २४ गते जेनजी प्रदर्शनका क्रममा भएका भौतिक तथा मानवीय क्षतिसम्बन्धी छानबिन गर्न बनेको जाँचबुझ आयोगको निष्पक्षतामाथि प्रश्न उठेको छ।

आयोगका अध्यक्ष गौरीबहादुुर कार्कीको अभिव्यक्तिलाई लिएर आयोगकै निष्पक्षतामाथि प्रश्न उठेको हो।

पूर्वन्यायाधीश समेत रहेका कार्कीले जेनजी आन्दोलनका क्रममा आन्दोलनलाई बल पुग्ने र राजनीतिक दल तथा नेताहरूविरुद्ध अभिव्यक्ति दिएका थिए। उनले सामाजिक सञ्जालमा लेखेका स्ट्याटसको स्क्रिन सर्ट राख्दै सञ्जाल प्रयोगकर्ताहरूले उनको भूमिकामाथि प्रश्न उठाएका हुन्।

कार्कीले जेनजी आन्दोलनका क्रममा कार्कीले सामाजिक सञ्जाल एक्समा लेखेका थिए, ‘कसैलाई पनि भाग्न दिनुहुँदैन। केपी ओली हेलिकप्टरबाट भाग भन्ने हल्ला चलेको छ। पूर्वप्रधानमन्त्री केपी ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड लगायत पूर्वमन्त्री, सांसद एवम् पदाधिकारी कसैलाई पनि विदेश जान र भाग्न दिनुहुँदैन। उनीहरूलाई थुनामा राखेर अनुसन्धान गरिनुपर्छ। विमानस्थल बन्द गरिनुपर्छ। निजी हेलिकप्टर चलाउन दिनुहुँदैन। भारतीय र चिनियाँ सिमा बन्द गरिनुपर्छ। कसैलाई पनि भाग्न नदिई थुनामा राख्नुपर्छ। यी राष्ट्रघाती अपराधी कसैलाई मार्नु पनि हुँदैन।’

कार्की अझ अगाडि लेख्छन्, ‘जेनजीको आवाज सुन, बालेनको नेतृत्वमा नयाँ नेपालको मार्गचित्रमा अघि बढ।’

स्मरणीय छ, काठमाडौं महानगरका मेयर बालेन शाहले भदौ २४ गते ‘प्रधानसेनापतिसँग वार्ता गर्नुअघि संसद विघटन’ गर्नुपर्ने अभिव्यक्ति दिएका थिए। कार्कीले सोही ‘मार्गचित्र’ को समर्थन गरेका हुन्।

कार्कीको यस्तो अभिव्यक्तिलाई लिएर पहिल्यै फैसला गर्ने व्यक्तिले कस्तो छानबिन गर्लान् भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले प्रश्न गरेका छन्।

पत्रकार प्रकाश तिमिल्सेनाले कार्कीका अभिव्यक्तिहरूको स्क्रिन सर्ट राखेर फेसबुकमा लेखेका छन्, ‘लौ फेसबुकबाट ‘फ्लास’ गरिदिएँ है। गौरीबहादुर कार्कीमाथि नैतिक प्रश्न,
‘भाद्र २३ र भाद्र २४ को घटना सबन्धी जाँचबुझ आयोग’ का अध्यक्ष गौरीबहादुर कार्कीले आयोगको अध्यक्ष बन्नु अघि नै सबैजसो बिषयमा निष्कर्ष निकाल्दै फैसला नै गरिसकेका रहेछन्। जब फैसला भदौ २४ गते नै तपाईंले गरिसक्नु भएको रहेछ भने अब तीन महिना किन कुर्नु पर्यो र? के निष्कर्ष आउँछ मैले त यो घटनाको ‘स्क्रिप्ट’ पढेकाले पहिला नै बुझिसकेँ हो, अरूले पनि यो स्टाटस र तपाईंको ट्विट हेरेपछि बुझि हाल्छन्। भैगौ, श्रीमान! तीन महिना न कुरौँ बरू स्क्रिप्टमा पहिला नै लेखि सकिएको निष्कर्ष र फैसला सकेर चाँडै नै काम सकौं।’

तिमिल्सेनाको स्ट्याटसमाथि कमेन्ट लेख्दै मणिरत्न भण्डारीले भनेका छन्, ‘अब यिनले कसरी निष्पक्ष छानबिन गर्छन्? नेपालमा सबै भन्दा बढि भ्रष्ट न्यायालयकै न्यायाधीस देखिएका छन्। यिनिहरू कहिल्यै तटस्थ बस्न सक्दैनन्।’

यस्तै, अधिवक्ता विमल पोखरेलले आफ्नो फेसबुकमा लेखेका छन्, ‘गौरिबहादुर कार्कीले पहिल्यै फैसला गरेपछि बल्ल कथित छानबिन समिति गठन गरिएको र तिनैलाई संयोजक बनाइएको रहेछ। छानबिनका सामान्य सिद्धान्तहरूलाई खरानी बनाइसकिएको छ।’

अध्यक्ष कार्कीको अभिव्यक्तिका कारण सरकारको भूमिकामाथि समेत आशंका गरिएको छ।

सामाजिक सञ्जालमा रामचन्द्र जिसी लेख्छन्, ‘चाहे प्रधानमन्त्री होस् वा गृहमन्त्री या छानबिन आयोगको अध्यक्ष यी सबै पात्रहरू नियोजित र योजनाबद्ध हुन् भन्नेबारेमा अब पनि कुनै शंका छ र?’

यस्तै, अर्का सामाजिक सञ्जाल प्रयोगकर्ता पठानसिंह बोहराले लेखेका छन्, ‘सरकार नै शिखण्डी भए पछि आयोग शिखण्डी नहुने कुरै भएन। अनि यसले कस्तो जाँचबुज र न्यायिक ढङ्ले शिफारिस गर्ला? स्वतः अनुमान लगाउन सकिन्छ।’

यस्तै, अनिता अधिकारी लेख्छिन्, ‘सबै विध्वंस योजनाबद्ध तरिकाले भएको भन्नेमा दुईमत छैन।’

यद्यपी कार्कीको अभिव्यक्तिलाई कतिपयले भने ‘सार्वजनिक प्रतिवद्धता’ समेत भनेका छन्। नविन कक्षपती लेख्छन्, ‘राम्रो व्यक्तिलाई जिम्मा दिएछ। सार्वजनिक प्रतिबद्धता जाहेर गरेको व्यक्ति हुनुहुँदो रहेछ। ढुक्क भएँ।’

छानबिन समितिका अध्यक्ष कार्कीले पहिल्यै सामाजिक सञ्जालमा लेखेजस्तै हिजो (आइतबार) मात्रै आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र उनको क्याबिनेटका गृहमन्त्री रमेह लेखकसहित पाँचजनालाई विदेश भ्रमणमा रोक लगाएको छ भने आयोगको अनुमतिबिना उपत्यका छाड्नसमेत नपाउने भनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?