ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

परदेशमा पहिलो दसैं

देश र परदेशबिचको हजारौँ किलोमिटरको दूरीले शरीरलाई टाढा राखे पनि मनमा बस्ने संस्कार, चाडपर्वप्रतिको प्रेम र सम्झना भने मेटिँदैन । बरु परदेशको यो व्यस्तता र टाढोपनले आफ्नै पहिचानप्रति झनै चासो र मोह जगाइदिन्छ ।
११ आश्विन २०८२, शनिबार
११ आश्विन २०८२, शनिबार

युएई, ११ असोज ।

दसैं सुरु भएसँगै देशभर रौनक छाउने गर्छ । गाउँको आकाशमा पिङका टोकाहरू चिसो हावासँगै डुल्छन्, मन्दिरमा घण्टी बज्छ, घरघरमा हरियो जमरा अङ्कुराउँछ । टीकाको राता थोपाहरूले निधार भरिँदा परिवारको माया मनभित्र भरिन्छ । तर यही बेला हजारौँ किलोमिटर टाढा, परदेशको धुलो र घामसँग संघर्ष गरिरहेका नेपाली युवाहरूका लागि दसैं सम्झनामा मात्र सीमित हुन्छ ।

कोही ड्युटीमा छन्, कोही पढाइ र कामको तालमा हराएका छन्, कोही अझै नयाँ ठाउँमा घुलमिल हुने प्रयासमै छन्। यस्तै कथाहरू बोकेर बाँचिरहेका छन् यी युवाहरू, जसका लागि यो वर्षको दसैं ’पहिलो परदेशी दसैं’ हो ।

क्रोएसियामा रहेका खेलराज कार्कीले तीन महिनाअघि घर छोड्दा चलचित्र ‘मुगलान’ को एक संवादझैँ बुबालाई सम्झेर भनेका थिए – “बस्नुस् है बा, तपाईं सधैँ बिरामी परिरहनु हुन्छ, आफ्नो ख्याल राख्नुस् है, म गएँ ।” घरमा परिवारसँग रमाउने त्यो बानी अहिले ड्युटीको चापमा हराएको छ। दसैंका दिन छुट्टी छैन, तर उनी आफ्ना सहकर्मी नेपाली भाइहरूसँगै टीका लगाउने योजना बनाउँदै छन् । परिवार टाढा भए पनि संस्कृति टाढा जान दिनु हुँदैन भन्ने सोचले उनले आफूभित्रको चाडलाई बचाइरहेका छन् ।

 

माल्दिभ्समा रहेकी पुनम ढुङ्गाना ६ महिना अघि मात्रै देश छोडेकी हुन् । दसैं आउनु अझै बाँकी भए पनि मनमा चिसोपन व्याप्त भइसकेको छ । त्यो दिन फुल ड्युटी परेको छ, कसरी मनाउने भन्ने अत्तोपत्तो छैन। क्याफेमा काम गर्दा घरको टीकाको घाम सम्झनाले मन भारी हुन्छ । उनलाई लाग्छ, “यो दसैं त रुँदै जान्छ ।”

बेलायतमा रहेका देवदहका प्रकाश भण्डारीले कहिल्यै विदेश जाने सपना देखेका थिएनन् । तर नियतिको बाटो उनलाई युरोपको भूमिमा ल्यायो । नौ महिनाअघि मात्रै देश छोडेका उनी अहिले पढाइसँगै काममा व्यस्त छन् । दसैं आउँदा पहिले मन फुरुङ्ग हुन्थ्यो, अब घरको खर्च र जिम्मेवारीले त्यो उत्साहलाई दबाइदिएको छ । घटस्थापनाको दिन उनी काममै थिए, तर नोटिफिकेशन बज्दा मन झस्किएको थियो – “गाउँमा त आजबाट दसैं सुरु भयो ।” साना बेला नयाँ कपडा किन्ने उत्साह, परिवारसँगको रमाइलो, पिङको पर्खाइ सबै अब सम्झनामा सीमित छन् । यो साल पनि उनले टीकाको दिन नेपाली साथीहरूसँगै रमाउने तयारी गरेका छन् – नेपाली खाना, जमरा, र भिडियो कलमार्फत घरको आँगनलाई छुन प्रयास गर्दै ।

अष्ट्रेलिया पुगेकी सम्झना बस्याललाई तीन महिना भयो । नयाँ ठाउँ, नयाँ माहोल, अझै त्यो परिवेशमा घुलिन सकेकी छैनन् । दसैं आयो, तर उमंग छैन । बाटोमा हिँडिरहेका नेपालीहरू, आफ्ना बुबाआमा ल्याएका परिवारहरूको भिड, र नेपाली पोशाकमा सजिएका अनुहारहरू देख्दा उनको मन आफ्नै बुबाआमासँग दौडिन्छ । श्रीमान् सँगै भए पनि परिवारको अनुपस्थितिले चाड अधुरो लाग्छ । पूजा सामग्री किनिसकेकी छिन्, जमरा राखिसकेकी छिन्, तर मनको खाली ठाउँ भने अझै भरिन सकेको छैन । “श्रीमान् एक्लो छोरा, म एक्ली बुहारी, सासु–ससुरालाई छोडेर आउँदा गिल्टी महसुस हुन्छ,” उनी भन्छिन् ।

दुबईमा रहेका काठमाडौंका तुसार तुलाधरलाई दस महिना भयो परदेश आइपुगेको । उनले पोहोरको दसैं घरमै मनाएका थिए, त्यति बेला त्यो सामान्य लाग्यो। तर यो वर्षको दसैं – पहिलो परदेशी दसैं – उनको लागि गहिरो अनुभूति भएको छ । फरक माटो, फरक समय, फरक जीवनशैलीबिच दसैंको अनुभूति टाढा लागे पनि संस्कार भने अझ नजिक आइरहेको छ । दुबईमा रहेका नेपाली साथीहरूसँग उनले चाडपर्वको कार्यक्रम गर्ने तयारी गरिरहेका छन् । उनी भन्छन्, “देशमा केही सुधार भएको भए हामी जस्ता युवालाई यति टाढा आउनु पर्ने थिएन होला ।”

देश र परदेशबिचको हजारौँ किलोमिटरको दूरीले शरीरलाई टाढा राखे पनि मनमा बस्ने संस्कार, चाडपर्वप्रतिको प्रेम र सम्झना भने मेटिँदैन । बरु परदेशको यो व्यस्तता र टाढोपनले आफ्नै पहिचानप्रति झनै चासो र मोह जगाइदिन्छ ।

पहिलो परदेशी दसैं – यो केवल एउटै दिनको चाड होइन, यो त एउटा अनुभूति हो, जहाँ सम्झनाको पिँजडामा चढेर मन घर पुग्छ। आमाको हातको जमरा, बाबुको निधारको टीका, भाइबहिनीको हासो अनि गाउँको आकाशमा डुलिरहने पिङको सुस्केरा – यी सबै कुरा परदेशी मनले अझ तीव्रताका साथ सम्झिरहेको हुन्छ ।

शरीर जहाँ भए पनि, दसैंको रङ, स्वाद र स्पर्श भने सधैँ घरमै रहन्छ । देशभन्दा टाढा हुँदा पनि संस्कृति नजिकै हुन्छ। र, हरेक परदेशी नेपालीको मनभित्र दसैंले यही सन्देश कोरिरहन्छ – “घर सम्झनु, संस्कार बिर्सनु हुँदैन ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?