© २०२३
बुटवल १० असौज ।
बुटवल ब्याडमिन्टन क्लबले विजया दशमी, शुभ दीपावली, नेपाल संवत ११४५ तथा छठ पर्वको पावन अवसरमा आन्तरिक ब्याडमिन्टन प्रतियोगिता सम्पन्न गरेको छ ।
क्लबको आयोजनामा भएको उक्त कार्यक्रममा क्लबका सदस्यहरूबीच पारस्परिक सम्बन्ध सुदृढ बनाउने उद्देश्यले आन्तरिक ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको कार्यक्रमका संयोजक तथा क्लबका तृतीय उपाध्यक्ष भानु केसीले बताए । प्रतियोगितामा क्लबका विभिन्न तहगत समूहका खेलाडीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए ।
कार्यक्रमको उद्घघाटन क्लबका संस्थापक अध्यक्ष श्याम बहादुर पुनले गर्दै क्लबले स्थापना देखि नै आन्तरिक जिल्ला प्रदेश तथा राष्ट्रिय स्तरका प्रतियोगिता आयोजना गर्दै आफ्नो विरासत कायम गर्न सफल भएको बताए । प्रतियोगिता तीन समूहमा विभाजन गरी सञ्चाल गरिएको थियो । जसमा ए लेभल तर्फ शम्भु भट्टराई र मोहन घिमिरेको जोडीले पंकज ज्ञवाली र अमर शाह लाई सोझो सेटमा पराजित गर्दै उपाधि चुम्न सफल भएका छन् भने पंकज ज्ञवाली र अमर विक्रम शाहा दोस्रो स्थानमा चित्त बुझाए । यस्तै अशोक प्रधान र मदन कार्की र गोपाल टण्डन र जितु राना तृतीय भएका छन् ।
यसैगरी बि लेभल तर्फ घनु नेपाल र ऋषि भण्डारीको जोडी प्रथम र पिताम्बर ज्ञवाली र बाबुराम पाठक दोस्रो हुन सफल भएका छन् । टीकाराम पन्थी र जिवन अधिकारी को जोडी र नलराज नेपाल र युवराज काउचाको जोडीले तेस्रो स्थान प्राप्त गरेका छन् । सि लेभल तर्फ कृष्ण टण्डन र दिवाकर ज्ञवाली प्रथम र रमेश थापा र काशि श्रेष्ठको जोडी दोस्रो भएको कार्यक्रम संयोजक भानु केसीले बताए ।
कार्यक्रममा सबै सहभागी, आयोजक टिम तथा प्रायोजकप्रति आभार व्यक्त गर्दै भविष्यमा अझ व्यापक कार्यक्रमहरू आयोजना गरिने बताउँदै कार्यक्रमले पर्वको रमाइलो माहोललाई खेलकुदसँग जोड्दै, स्वास्थ्य र सौहार्दता प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा विजया दशमी शुभ दीपावली नेपाल सवंत र छठ पर्वको शुभकामना क्लबका अध्यक्ष नलराज नेपालले व्यक्त गरे । प्रतियोगितामा गोला प्रथाबाट जोडि निर्धारण गरी प्रतियोगितामा प्रथम भएकोमा खेलाडीको तर्फबाट सबैलाई शुभकामना व्यक्त गर्दै खेलले अनुशासन र स्वस्थ जीवन यापनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतियोगिताको ए लेभल तर्फका प्रथम हुने शम्भु भट्टराईले बताए । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई ट्रफी, प्रमाणपत्र तथा आकर्षक पुरस्कारहरू प्रदान गरिएको थियो ।