Butwal Today

जेनजी आन्दोलनका घाइतेसँग भेटेर सञ्चारमन्त्रीले भने- तपाईंहरूसँगै देशको उपचार गर्ने हो

१० आश्विन २०८२, शुक्रबार
अ+
अ-

काठमान्डौ, १० असोज ।

सञ्चारमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका घाइतेहरूको स्वास्थ्य अवस्था बुझ्न शुक्रबार टिचिङ अस्पताल पुगेका छन् ।

भेटका क्रममा मन्त्री खरेलले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे । उनले भने, “यो सरकार तपाईंहरूले बगाएको रगतले बनेको हो । देश अहिले बिरामी छ, तपाईंहरूसँगै देशको उपचार पनि गर्ने हो ।”