Butwal Today

प्रधानमन्त्री कार्कीको नाम उल्लेख गरी बनाइएका आइडी नक्कली

१० आश्विन २०८२, शुक्रबार
अ+
अ-

काठमान्डौ, १० असोज ।

प्रधानमन्त्री सुशीला कार्कीको नाममा सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा सिर्जना गरिएका आइडी नक्कली भएको पाइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचना जारी गर्दै यस्ता फेक आइडीमार्फत प्रसारित समाचार वा पोस्टहरूको भ्रममा नपर्न सबैलाई आग्रह गरेको छ ।

कार्यालयले यसलाई गैरकानूनी गतिविधि ठहर गर्दै प्रचलित कानुनअनुसार त्यस्ता कार्यमा संलग्न व्यक्तिमाथि कडा कारबाही गरिने चेतावनीसमेत दिएको छ ।