Butwal Today

जोखिम मोलेर अपरेटरले तुइनखोलाको पहिरो हटाए: सडक डिभिजन भरतपुर

१० आश्विन २०८२, शुक्रबार
अ+
अ-

चितवन, १० असोज ।

सडक डिभिजन कार्यालय भरतपुरले इच्छाकामना गाउँपालिका–५ स्थित तुइनखोलामा गएको पहिरो हटाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेको छ ।

कार्यालयले सामाजिक सञ्जालमार्फत जोखिम मोलेर निरन्तर सक्रिय भएका अपरेटर, सुपरभाइजर, प्राविधिक, चितवनका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखसहित सम्पूर्ण पक्षलाई धन्यवाद ज्ञापन गरेको हो ।

दुई दिनको अथक प्रयासपछि तुइनखोलाको पहिरो पूर्णरूपमा हटाइएसँगै गएरातिदेखि नारायणगढ–मुग्लिन सडक खण्डमा दुईतर्फी सवारीसाधन सञ्चालनमा आएका छन् ।

राजधानी काठमाडौंसँग जोडिने मुख्य मार्ग पृथ्वी राजमार्ग खुल्नासाथ यात्रुहरूले विशेषगरी दशैंका अवसरमा सहज आवागमन पाउने भएका छन् ।