ट्रेंडिंग:

>> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि

नक्कली लालपुर्जामा दर्ता भएको सरकारी जग्गा ३६ वर्षपछि सरकारकै नाममा फिर्ता

९ आश्विन २०८२, बिहीबार
९ आश्विन २०८२, बिहीबार

बुटवल, ०९ असोज । 

सरकारी जग्गा अवैध बाटो बाट व्यक्तिको नाममा पुगेको ३६ वर्षपछि पुनः सरकारकै नाममा आएको छ । ३ दशक भन्दा बढि समय व्यक्तिको नाममा स्रेस्ता कायम गरेर राखेको जग्गा मालपोत कार्यालय बुटवलले पुनः सरकारकै नाममा फिर्ता ल्याउन सफल भएको हो ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका (साबिक मक्रहर १) मा रहेको एक बिगाहा एक धुर जग्गा ३६ वर्ष पहिला एक व्यक्तिले आफ्नो नाममा दर्ता गरेका थिए ।

लमजुङ जिल्ला स्थायी ठेगानामा भएका यज्ञ निधी शर्माको नाममा स्रेस्ता कायम गरी जग्गा व्यक्तिको नाममा दर्ता भएको थियो । तत्कालीन जिल्ला मालपोत कार्यालयमा दर्ता भएको यो जग्गा जनहित मावि सार्वजनिक जग्गा रहेको र विद्यालयको नाममा पाउनुपर्ने भन्दै मालपोत कार्यालयमा सोधखोज गर्न गएपछि यसको रहस्य खुलेको थियो ।

उक्त जग्गाको मूल्य करिब दुई करोड मूल्य बराबर भएको स्थानीय बताउँछन् ।  तत्कालीन अवस्थामा कार्यालय बुटवलले सरकारी जग्गा कसरी व्यक्तिको नाममा स्रेस्ता कायम भयो भन्ने विषयमा लामो अनुसन्धानपछि २०८२ असोज ६ गते मालपोत कार्यालय बुटवलमा बसेको बैठकले उक्त जग्गाको स्रेस्ता बदर गर्ने निर्णय गर्दै नेपाल सरकारको नाममा जग्गा फिर्ता ल्याउन सफल भएको मालपोत कार्यालय, बुटवलले जनाएको छ ।

मालपोत कार्यालय, बुटवलका मालपोत अधिकृत हरि पन्थका अनुसार सरकारी जग्गा खोजतलास गर्ने क्रममा साबिक मक्रहर १ ख को कित्ता नम्बर १ सय १६ क्षेत्रफल ज बि १, ०, १ को जग्गा स्रेस्ता बदर गरी मालपोत कार्यालय बुटवलको मिसिल नम्बर १२० ले उक्त जग्गा सरकारका नाममा फिर्ता गरेको हो ।

मालपोत कार्यालय बुटवलले तत्कालीन समयमा सरकारी जग्गा व्यक्तिको नाममा गराएर सरकारी जग्गा हिनामिना गर्ने मानिसहरूको पहिचान गरी कडा भन्दा कडा कारबाही गर्न जिल्ला प्रशासन कार्यालय रुपन्देही, जिल्ला प्रहरी कार्यालय रुपन्देही र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवललाई पत्र समेत पठाएको जानकारी गराएको मालपोत कार्यालय बुटवलले जनाएको छ ।

नक्कली लालपुर्जा बनाएको आरोपमा मालपोत कार्यालय बुटवल र भैरहवा मालपोतका कर्मचारी पक्राउ परेका थिए । नक्कली लालपुर्जा बनाउने केही कर्मचारी कारबाहीका लागि जेल चलान भएका छन् । रुपन्देहीमा अवैध कारोबार गर्ने जग्गा माफिया विरुद्ध प्रशासनले छानबिन तथा कारबाही सुरु गरेको स्रोतको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?