ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

जेनजी आन्दोलनबाट क्षतिग्रस्त सरकारी सम्पत्तिको पुनर्निर्माण गर्न समिति गठन

८ आश्विन २०८२, बुधबार
८ आश्विन २०८२, बुधबार

 काठमाडौं, ८ असोज ।

सरकारले २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका कारण क्षति पुगेका सरकारी सम्पत्तिहरूको पुनर्निर्माणका लागि एक समिति गठन गरेको छ । सरकारले  भौतिक पूर्वाधार पुनर्निर्माण समिति गठन आदेश  जारी गर्दै अर्थमन्त्रीको अध्यक्षतामा पाँच सदस्यीय समिति गठन गरेको हो ।

समितिमा गृहमन्त्री र सहरी विकासमन्त्री सदस्य रहनेछन् । साथै, मुख्यसचिव पनि सदस्य हुने व्यवस्था गरिएको छ । सहरी विकास मन्त्रालयका सचिव भने समितिका सदस्यसचिवको भूमिकामा रहनेछन् ।

समितिले जेनजी आन्दोलनका कारण क्षति पुगेका भौतिक संरचनाहरूको पुनर्निर्माण कार्यान्वयनका लागि कार्ययोजना निर्माण गर्ने र त्यसलाई स्वीकृत गर्नेछ । कोषबाट खर्च हुने रकमसहित कार्यक्रम स्वीकृत गर्ने, साथै सम्बन्धित निकायहरूलाई जिम्मेवारी तोक्ने काम पनि समितिले गर्नेछ ।

त्यस्तै, कोषमा रकम जम्मा गर्न आवश्यक स्रोतको पहिचान र परिचालन गर्ने जिम्मेवारी पनि समितिलाई दिइएको छ । कोषबाट सञ्चालित कार्यक्रमहरूको नियमित अनुगमन तथा सुपरीवेक्षण गर्ने र कोषको सञ्चालन तथा व्यवस्थापनसम्बन्धी आवश्यक नीतिगत निर्णयहरू गर्ने अधिकार पनि समितिलाई दिइएको छ ।

आन्दोलनका कारण क्षति पुगेका भौतिक संरचनाहरूको पुनर्निर्माण, आर्थिक पुनरुत्थान, राहत तथा पुनर्स्थापनासम्बन्धी कार्यहरूका लागि समितिले एक विशेष कोष निर्माण गर्ने व्यवस्था गरिएको छ ।

उक्त कोषमा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहले उपलब्ध गराउने रकम जम्मा हुनेछ । साथै, स्वदेशी वा विदेशी व्यक्तिहरूद्वारा प्रदान गरिने सहयोग, गैरआवासीय नेपालीहरूले पठाउने सहयोग रकम, विदेशी सरकार वा अन्तर्राष्ट्रिय संघसंस्था तथा दातृ निकायहरूबाट प्राप्त नगद वा वस्तुगत सहयोग पनि सोही कोषमा जम्मा हुनेछ ।

त्यस्तै, विभिन्न व्यावसायिक प्रतिष्ठानहरूले सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदान गर्ने रकम पनि उक्त कोषमा जम्मा हुने व्यवस्था गरिएको छ । समितिले कुनै पनि रकम प्राप्त गर्नु अघि अर्थ मन्त्रालयको स्वीकृति लिनुपर्नेछ ।

कोषको खाता सहरी विकास मन्त्रालयका सचिव (सदस्यसचिव) र सोही मन्त्रालयको आर्थिक प्रशासन शाखा प्रमुखको संयुक्त दस्तखतबाट सञ्चालन हुनेछ । समितिले आफ्ना सम्पूर्ण कार्यहरूको विवरण हेरेर प्रत्येक त्रैमासमा नेपाल सरकारलाई प्रतिवेदन बुझाउनुपर्नेछ ।

समितिको कार्यकाल एक वर्षको हुनेछ । आवश्यक परे सरकारले उक्त अवधि ६ महिना थप गर्न सक्नेछ । तर, तोकिएको अवधि सकिएपछि समिति स्वतः विघटन हुनेछ । विघटन भएपछि कोषमा बाँकी रहेको रकम संघीय सञ्चित कोषमा जम्मा हुने व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?