ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

सदरमुकाम तम्घासमै भएन चाडपर्व लक्षित बजार अनुगमन 

७ आश्विन २०८२, मंगलवार
७ आश्विन २०८२, मंगलवार

गुल्मी,७ असोज ।

गुल्मीमा चाडपर्व नजिक आउँदा पनि बजार अनुगमनको अवस्था भने शून्य रहेको छ ।  चाडपर्वको मौका छोपी बजारमा अखाद्य बस्तुहरू बिक्री हुने, म्याद गएका समानहरू बिक्री वितरण हुनेसँगै कालोबजारी हुन सक्ने हुँदासमेत बजार अनुगमनमा भने सरोकारवाला निकाय मौन जस्तै गरी बसेको पाइएको छ ।

गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षहरूलाई चाडपर्व लक्षित बजार अनुगमन गर्नका लागि आग्रह गरेको बताउँदै उहाँहरूको नै मुख्य भूमिका हुने बताएका छन् ।

जिल्ला प्रशासनको प्रतिनिधि मागेमा आफू जुनसुकै समयमा पनि प्रतिनिधि पठाउन तयार रहेको उनको भनाइ छ ।  दुई नगरपालिकासहित १२ स्थानीय तह रहेको जिल्लामा चाडपर्व लक्षित बजार  अनुगमन हुन सकेको छैन ।

रेसुङ्गा नगरपालिकाका सूचना प्रविधि अधिकृत सुरेश खनालले चाडपर्व लक्षित बजार अनुगमन गर्ने गरी योजना बनाएको बताएका छन् । बजारमा अखाद्य वस्तु बिक्री गर्ने र कालोबजारी गर्ने छुट कसैलाई नभएको बताउँदै कानुन विपरीतका कार्यहरू गरेमा कानुन अनुसारको कारबाही गरेरै छाड्ने उनले दाबी गरे ।

काली गण्डकी गाउँपालिका उपाध्यक्ष मञ्जु दर्लामीले घरेलु तथा साना उद्योग कार्यालय गुल्मीको संयोजनमा बजार अनुगमन गर्ने गरी योजना बनाएको बताएकी छिन्  । यता गुल्मी उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष ताराप्रसाद भुसालले जिल्लाका व्यापारीहरूलाई अनिवार्य रूपमा मूल्य सूची राख्न र दसैँमा छुट दिएर बेच्नका लागि अनुरोध गरेको बताएका छन् ।

अनुगमन गर्ने निकाय आफूहरू नभएको बताउँदै स्थानीय तह र घरेलु तथा साना उद्योग कार्यालयले गर्ने अनुगमनमा आफूहरू प्रतिनिधिको रूपमा उपस्थित हुने गरेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?