Butwal Today

अपरझट मन्त्री बनेको छु, योजना पछि बताउँछु : महावीर पुन

६ आश्विन २०८२, सोमबार
अ+
अ-

काठमाडौं ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीका रूपमा शपथ लिएका महावीर पुनले आफूलाई अप्रत्याशित रूपमा मन्त्री बनाइएकाले तत्काल योजनाबारे नसोध्न आग्रह गरेका छन् ।

शीतल निवासमा शपथ ग्रहणपछि पत्रकारसँग कुरा गर्दै उनले भने, “अपरझट किताब बेच्दै गरेको मान्छेलाई यहाँ ल्याएर मन्त्री बनाएपछि अहिले नै के गर्ने भन्नेर नसोध्नुहोस् ।”

उनले विज्ञहरूको सुझाव लिएर छरितो रूपमा काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । “विज्ञहरूको सल्लाह, सुझाव माग्छु । राम्रो मान्छेको राम्रो सुझाव लिएर सकेसम्म छिटो र छरितो काम हुन्छ,” मन्त्री पुनले भने ।