Butwal Today

शपथ समारोहमा पहिलो पटक देखिए सभामुख घिमिरे

६ आश्विन २०८२, सोमबार
अ+
अ-

काठमाडौं ।

नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण समारोहमा सभामुख देवराज घिमिरे पनि सहभागी भए । सोमबार शीतल निवासमा आयोजित कार्यक्रममा उनी उपस्थित भएका हुन् ।

२३ र २४ गतेको जेनजी आन्दोलनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए भने प्रतिनिधिसभा विघटन भएको थियो । त्यसयता घिमिरे पहिलो पटक सार्वजनिक समारोहमा देखिएका हुन् ।

यसअघि अन्तरिम प्रधानमन्त्री सुशीला कार्की र अन्य तीन मन्त्रीको शपथ ग्रहण समारोहमा भने उनी सहभागी भएका थिएनन् । सामान्यतया शपथ ग्रहण कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख र राष्ट्रिय सभा अध्यक्षको उपस्थिति रहने परम्परा रहेको छ ।