© 2026
काठमान्डौ, ६ असोज ।
राष्ट्रपति भवन शीतल निवासमा सोमबार अपराह्न आयोजित विशेष समारोहमा चार नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिने मन्त्रीहरूमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन, उद्योग तथा भूमिसुधार मन्त्री अनिलकुमार सिन्हा, सञ्चार, सूचना तथा प्रविधि मन्त्री जगदीश खरेल तथा कृषि मन्त्री डा. मदन परियार रहेका छन् ।
प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपतिले उनीहरूलाई मन्त्रीमा नियुक्त गरेका हुन् । यसअघि प्रधानमन्त्री कार्कीसहित तीन मन्त्रीहरूले शपथ लिइसकेका थिए ।
जेनजी पुस्ताले भदौ २३ र २४ गते सञ्चालन गरेको तीव्र आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार ढल्दै सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गरिएको हो ।