© 2026
काठमान्डौ, ६ असोज ।
देशभर वर्षा र बाढी–पहिरोका कारण आज पनि पाँचवटा प्रमुख राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् भने सातवटा राजमार्गमा एकतर्फी मात्रै यातायात सञ्चालन भइरहेको प्रहरीले जनाएको छ ।
कोसी राजमार्गको भोटखोलामा सडक पूर्ण अवरुद्ध रहेको छ । सोही राजमार्ग अन्तर्गत मकालु गाउँपालिका -३ को एकुवा क्षेत्रमा पनि सडक अवरुद्ध छ।
रसुवाको गोसाइकुण्ड गाउँपालिका-२ स्थित नेपाल–चीन जोड्ने मितेरी पुलमा, अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ को कोदारी क्षेत्रमा पनि पहिरोका कारण सडक अवरुद्ध भएको छ । यी सडक अवरुद्ध अवस्था लामो समयदेखि जारी छ ।
त्यसैगरी, रसुवाको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रु सडक, नारायणगढ–मुग्लिन सडक खण्डमा पर्ने चितवनको इच्छाकामना गाउँपालिका–५ तुइन खोला, बागलुङको कालीगण्डकी करिडोर, नलपारासी पूर्वको कालीगण्डकी करिडोर, पूर्व–पश्चिम राजमार्ग तथा रुकुम पश्चिमको मध्यपहाडी लोकमार्गमा पनि यातायात एकतर्फी सञ्चालन भइरहेको छ ।
यी क्षेत्रमा पहिरो र कटानको कारण सडक एकतर्फी भएकोले दसैँको बेला यात्रुहरू कठिनाइ भोग्न बाध्य भएका छन् ।
