© 2026
काठमान्डौ, ६ असोज ।
यात्रुवाहक सार्वजनिक सवारीसाधनका लागि आजदेखि रुट परमिट खुला गरिएको छ ।
चाडपर्वको समयमा सार्वजनिक यातायातको सहज र व्यवस्थित सञ्चालनका लागि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले देशभर रुट परमिट खुला गरेको अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिए ।
रुट परमिट खुला भएपछि तोकिएको रुट नलिए पनि सार्वजनिक यातायात साधनले गन्तव्यसम्म पुग्न पाउनेछन् । यो व्यवस्था आगामी असोज २२ गतेसम्म लागू रहनेछ ।
यसबाहेक, यात्रु आवागमनलाई सहज बनाउन नारायणघाट–काठमाडौँ खण्डमा आजदेखि पूर्णिमासम्म खाद्यान्नलगायत अत्यावश्यक सामग्री ढुवानी गर्ने बाहेकका ट्रेलर तथा ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको महासंघले जनाएको छ ।