ट्रेंडिंग:

>> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती

मुग्लिनमा हजारौँ यात्रु अलपत्र, मन्त्रालयमा आकस्मिक बैठक

४ आश्विन २०८२, शनिबार
४ आश्विन २०८२, शनिबार

काठमाडौँ ।

मुग्लिन–नारायणगढ  सडक खण्डमा पर्ने तुइन खोला नजिकै पहिरो जाँदा शुक्रबार साँझदेखि हजाराैँ यात्रु अलपत्र परेका छन् ।  काठमाडौँ भित्रिने र बाहिरिने सवारी लामो समयसम्म रोकिँदा हजाराैँ यात्रुहरू मर्कामा परेका हुन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार हिजो साँझ ६ बजे यता यात्रुवाहक तथा मालवाहक सवारी साधनहरू गन्तव्यमा पुन सकेका छैनन् । साथै सडकको दुरावस्था र खाल्डाखुल्डीका  कारण यातायात सञ्चालनमा गम्भीर समस्या देखिएको छ ।

‘मुग्लिनमा हजाराैँ यात्रु अलपत्र छन् । आबुखैरेनीमा पनि त्यस्तै छ ।  देशभरका सबै सडक अस्तव्यस्त नै छ ।  यता बीपी राजमार्गको चौकिडाँडा, नारायणगढ–बुटवल खण्डअन्तर्गत दाउन्नेमा पनि हिजोदेखि सडक अस्तव्यस्त बनेको छ । अब हेरौँ, काम गर्दैछन्, के–के हुन्छ सहजीकरण । मैले पहिल्यैदेखि यस्तो अवस्था आउँछ भनिरहेको थिए । सडक मर्मत नगरी टिकट बुकिङ खुला गर्दा रिस्क हुन्छ, नगरौँ भनेको हो ।’

सरकारले चाडपर्वलाई मध्यनजर गरी सडक मर्मत सम्भार नै नगरेको दाबी उनले गरे । जसका कारण अहिले सवारी आवतजावतमा समस्या भएको उनको भनाइ छ ।

साथै यही विषयलाई मध्यनजर गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बैठक बोलाएको समेत बताए । सिटौलाले दिएको जानकारीअनुसार हालको गम्भीर अवस्थालाई मध्यनजर गर्दै मन्त्रालयमा आज बिहान ११ बजे एक महत्त्वपूर्ण बैठक बोलाइएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङको अध्यक्षतामा बस्ने यस बैठकमा सडक विभाग, गृह मन्त्रालय, यातायात व्यवसायी महासङ्घ र मजदुर लगायतका सबै सरोकारवाला निकायका प्रतिनिधिहरू सहभागी हुनेछन् । बैठकमा विशेष गरी चाडपर्वमा यात्रुहरूलाई गन्तव्यसम्म पुर्‍याउने र अवरुद्ध सडकहरू खोल्ने विषयमा छलफल हुनेछ ।

वरिष्ठ उपाध्यक्ष सिटौलाले हिजो मात्र सिमलताल नजिकै ठुलो दुर्घटना टरेको उल्लेख गर्दै सडकको जोखिमपूर्ण अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरे । उनले मुग्लिन–नारायणगढ सडक खण्ड र मुग्लिन–काठमाडौँ सडक खण्डमा भएका खाल्डाखुल्डी लामो समयदेखि मर्मत नभएको र ग्रामीण क्षेत्रका सडकहरूको अवस्था त झनै नाजुक रहेको बताए ।

उनले तत्कालभन्दा तत्काल अवरुद्ध सडक खोल्नका लागि ह्याभी इक्विपमेन्टहरू परिचालन गर्नुपर्ने, विशेष गरी बीपी राजमार्गको चौकी डाँडा जस्ता संवेदनशील क्षेत्रमा पनि तत्काल ध्यान दिनुपर्ने तर्क गरे । साथै यात्रुवाहक सवारी साधनलाई सुरक्षाको नाममा अनावश्यक चेकजाँच गरी दुःख दिनुभन्दा उनीहरूको सहज आवागमनलाई प्राथमिकता दिनुपर्ने सुझाव दिए । उनले अत्यावश्यक खाद्यान्न र यात्रु बोकेका सवारी साधनलाई पहिलो प्राथमिकता दिनुपर्ने बताए ।

यस्तै होसियारीपूर्वक यात्रा गर्न र जोखिमपूर्ण सडकमा यात्रा नगर्न पनि यात्रुहरूलाई आग्रह गरेका छन् । यसका साथै, राति गाडी चलाउन नसकिने अवस्था भए दिउँसो भए पनि गाडी चलाउने विषयमा विचार गर्नुपर्ने र यसका लागि सरकारले यातायात व्यवसायी तथा जानकार व्यक्तिहरूले दिएका सुझावहरूलाई सम्बोधन गर्नुपर्नेमा उनले जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?