ट्रेंडिंग:

>> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ

जेन–जी आन्दोलन: लुटपाटमा संलग्नको पहिचान गर्दै प्रहरी

आन्दोलनमा भएको क्षतिको विवरण आइरहँदा प्रहरीले आन्दोलनमा घुसपैठ गर्दै तोडफोड, आगजनी लुटपाटमा संलग्नको पहिचान गर्न सुरु गरेको छ । कतिपय व्यक्तिहरूले भने त्यस क्रममा लगेका सामानहरू फिर्ता गरिरहेका छन् । 
४ आश्विन २०८२, शनिबार
४ आश्विन २०८२, शनिबार

समाचार सारांशमा


  • जिल्ला प्रशासन कार्यालय, रुपन्देहीका अनुसार आन्दोलनबाट रु. ५ करोड १० लाख २८ हजार ५८० रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक मूल्याङ्कन गरिएको छ ।

  • भैरहवा भन्सार कार्यालय – २ भवनमध्ये १ पूर्ण र १ आंशिक क्षति ।

  • बुटवलको आन्तरिक राजस्व कार्यालय – ३ भवन, २ वटा २-पाङ्ग्रे, ३ वटा ४-पाङ्ग्रे सवारी साधन क्षतिग्रस्त ।

  • श्रम तथा रोजगार कार्यालय- २ भवन, १ वटा ४-पाङ्ग्रे, ३ वटा २-पाङ्ग्रे सवारी साधन क्षतिग्रस्त ।

भैरहवा, ०४ असोज ।

भदौ अन्तिम साता भएको जेन–जी आन्दोलनबाट रुपन्देहीमा क्षति भएको प्रारम्भिक विवरण जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जानकारी गराएको छ ।

जिल्लाका सरकारी कार्यालय, व्यावसायिक सङ्घ संस्था जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधिको घरमा आन्दोलनको क्रममा क्षति पुगेको थियो । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आन्दोलनको क्रममा रुपन्देहीमा ५ करोड १० लाख २८ हजार ५ सय ८० रुपैयाँ बढीको क्षति विवरण निकालेको छ ।

अझै पनि क्षतिको सम्पूर्ण विवरण आईनसकेको र प्रायः ठाउँबाट विवरणहरू आउने क्रम जारी रहेको हुँदा यो रकम अझै बढ्ने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले जानकारी दिए ।

आन्दोलनको क्रममा रुपन्देही जिल्लामा पूर्ण क्षति, आंशिक क्षति सामान्य क्षति गरी तीन तरिकाले क्षतिको विवरण सङ्कलन गरिएको छ । जसमा २३ वटा भवनमा क्षति पुगेकोमा पूर्ण रूपमा क्षति भएको भवनको सङ्ख्या ३ वटा रहेका छन् ।

आंशिक रूपमा १९ वटा भवनमा क्षति पुगेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पाण्डेले बुटवल टुँडेलाई बताए । आन्दोलनको क्रममा जम्मा ३८ वटा २ पाङग्रे सवारी क्षति पुगेकामा ३६ वटा पूर्ण रूपमा नष्ट भएको उनले बताए ।

यस्तै ३ वटामा आंशिक क्षति पुगेको छ । २२ वटा जम्मा चार पाङग्रेमा क्षति पुगेकोमा २० वटा पूर्ण रूपमा र २ वटामा आंशिक क्षति भएको जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख रहेको छ ।

बुटवलमा रहेको हेभी ईक्विपमेन्ट डिभिजनको भवन र एउटा साधनमा आंशिक क्षति पुगेको तथ्याङ्कमा उल्लेख रहेको छ । पर्यटन डिभिजन कार्यालयको एउटा चार पाङ्ग्रेमा मात्र आंशिक क्षति, इलाका प्रशासन कार्यालय बुटवलको भवनमा आंशिक क्षति, १ वटा चार पाङ्ग्रे २ वटा दुई पाङ्ग्रेमा पूर्ण क्षति, भैरहवा भन्सार कार्यालयको २ वटा भवन मध्ये १ वटामा पूर्ण र १ वटामा आंशिक क्षति भएको प्रमुख जिल्ला अधिकारीले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख रहेको छ ।

आन्तरिक राजस्व कार्यालय बुटवलको ३ वटा भवन, २ वटा २ पाङ्ग्रे, ३ वटा ४ पाङ्ग्रे साधन, जिल्ला सरकारी वकिलको कार्यालयको एउटा भवन, ३ वटा २ पाङ्ग्रे १ वटा ४ पाङ्ग्रे, सिद्धार्थनगर नगरपालिकाको भवनमा सामान्य क्षति, कञ्चन गाउँपालिकाको भवनमा सामान्य क्षति पुगेको छ ।

अध्यागमन कार्यालय गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ४ पाङ्ग्रे २ वटा, घरेलु तथा साना उद्योग कार्यालयको २ पाङ्ग्रे २ वटा, राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिको भवन, १ वटा दुई पाङ्ग्रे१ वटा ४ पाङ्ग्रेमा क्षति पुगेको छ ।

आन्तरिक राजस्व कार्यालय भैरहवाको भवन र एउटा ४ पाङ्ग्रे, श्रम तथा रोजगार कार्यालयको २ वटा भवन र एउटा ४ पाङ्ग्रे३ वटा २ पाङ्ग्रे साधनमा क्षति पुगेको छ ।

यातायात व्यवस्था कार्यालय (सवारी) को एउटा भवनमा सामान्य क्षति, यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्रको भवनमा सामान्य क्षति पुगेको छ ।

मालपोत कार्यालय बुटवलको भवनमा सामान्य क्षति, प्रदेश लोक सेवा आयोगको भवन, ११ वटा ३ पाङ्ग्रे४ वटा ४ पाङ्ग्रे, देव दह नगरपालिकाको भवनमा सामान्य क्षति, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयको २ वटा २ पाङ्ग्रे साधन, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यालय, कार्यक्रम कार्यान्वयन ईकाको भवनमा सामान्य क्षति, प्रदेश लेखा ईकाइ कार्यालयको भवन, १ वटा २ पाङ्ग्रे१ वटा ४ पाङ्ग्रे साधनमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेले जानकारी दिए ।

सङ्घ संस्थाहरू तर्फ तिलोत्तमा उद्योग वाणिज्य सङ्घको एउटा भवन सेन्ट्रल मिडिया प्रालीको २ वटा ४ पाङ्ग्रे साधन क्षति भएको विवरण तथ्याङ्कमा उल्लेख रहेको छ । आन्दोलनको दौरान क्षति पुगेको केही सरकारी कार्यालय लगायत पार्टी कार्यालयहरू, जनप्रतिनिधि तथा अन्य विभिन्न सङ्गठनहरूको क्षतिको विवरण आई नसकेको पाण्डेले बताए ।

प्राप्त भएका विवरणमा पनि कतिपयमा क्षतिको मूल्याङ्कन गर्न सकिएको छैन, यी विवरण आए पछि मात्र रुपन्देही जिल्लामा भएको क्षतिबारे यकिन रूपमा भन्न सकिने उनको भनाई छ ।

रुपन्देहीका सबै निकायलाई आ–आफ्नो कार्यालय र प्रतिष्ठानहरूमा भएको क्षतिको विवरण जिल्ला प्रशासन कार्यालयलाई उपलब्ध गराउन आग्रह पनि गरिएको प्रजिअ पाण्डेले जानकारी दिए ।

यसैबिच जेन–जी आन्दोलनका क्रममा दाङमा भएका तोडफोड, आगजनी लुटपाटका घटनापछि प्रहरीले संलग्न व्यक्तिहरूको पहिचान र खोजीलाई तीव्र पारेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) अर्जुनप्रसाद तिमिल्सिनाले शुक्रबार पत्रकार सम्मेलन गर्दै आन्दोलनका क्रममा खिचिएका फोटो, भिडियो र प्रत्यक्षदर्शीका बयानका आधारमा अनुसन्धान भइरहेको जानकारी दिए ।

उनका अनुसार आगो लगाउने, तोडफोड गर्ने र लुटपाटमा सहभागी तथा उक्साउनेहरूको सूची तयार भइरहेको छ । अनुसन्धान जारी रहेकाले केही जानकारी गोप्य राखिएको उल्लेख गर्दै उनले चोरी गरिएका सामग्री फिर्ता ल्याउने उद्देश्यले फेला परेकाहरूलाई तीन पुस्ते विवरण सङ्कलन गरेर छोड्ने योजना समेत अघि बढाइएको बताए ।

प्रहरीले सर्वसाधारणलाई घटनाबारे सूचना दिन आग्रह गरेको छ । “हामीले सार्वजनिक सूचना जारी गरेरै संलग्नको फोटो, भिडियो वा प्रत्यक्षदर्शी विवरण उपलब्ध गराउन आग्रह गरेका छौँ,” उनले भने । तर अहिलेसम्म कुनै औपचारिक उजुरी दर्ता नभएको प्रहरीको भनाइ छ ।

आन्दोलनका क्रममा हराएका वा चोरी गरिएका कम्प्युटर, ल्यापटप, प्रिन्टर, टेबल, कुर्सी, टिभीलगायतका सामग्री अवैध रूपमा बिक्री हुन सक्ने आशङ्कामा प्रहरीले व्यवसायी र सर्वसाधारणलाई बिलविजक नभएका सामान खरिद नगर्न चेतावनी दिएको छ ।

चोरीका सामग्री बिक्री हुने स्थानको सूक्ष्म निगरानी भइरहेको समेत प्रहरी प्रमुख तिमिल्सिनाले जानकारी दिए । उजुरी नपर्नु र संलग्नको ठ्याक्कै पहिचानमा समय लागिरहेको कारण तत्काल कारबाहीमा चुनौती भएको प्रहरीको भनाइ छ ।

तर अनुसन्धानलाई अझ कडाइका साथ अघि बढाइएको दाबी गरिएको छ ।  आन्दोलनको क्रममा दाङमा २२ वटा सरकारी कार्यालय, डेढ सय सवारी साधन र डेड दर्जन निजी भवनमा क्षति पुगेको छ । केही कार्यालयले त्रिपालबाट सेवा दिन थालेका छन् भने केहीलाई समय लाग्ने बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?