Butwal Today

जेनजी आन्दोलनमा घाइते झलनाथ खनालकी पत्नीको देब्रे हात काटियो

२ आश्विन २०८२, बिहीबार
अ+
अ-

काठमाडौँ ।

भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा घरमा लागेको आगोले जलेर गम्भीर घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रवीलक्ष्मी चित्रकारको देब्रे हात काटिएको छ ।

खनालका अनुसार संक्रमण फैलिन थालेपछि चिकित्सकको सल्लाहमा कुहिनोबाट तलको भाग काटिएको हो । अहिले ७० वर्षीया चित्रकार कीर्तिपुरस्थित बर्न अस्पतालको आईसीयूमा गम्भीर अवस्थामा उपचाररत छिन् ।

पूर्वप्रधानमन्त्री खनालले  भने, “हिजो ( बुधबार ) एउटा अपरेशन भयो । संक्रमण बढ्न थालेपछि चिकित्सकले तत्काल अपरेशन गर्नुपर्ने बताए, हामीले अनुमति दियौँ । मेडमको देब्रे हात कुहिनोदेखि तल काटियो । यो घटनाले उनी पहिलो पटक अपांग भएकी छन् ।”

खनालले थप जानकारी दिँदै भनेका छन् कि अहिले उनलाई निमोनियाको संक्रमण समेत देखिएको छ । “आज फेरि निमोनिया देखा परेको खबर आयो । के गर्ने, केही बुझिनसकिएको अवस्था छ,” उनले चिन्ता व्यक्त गरे । चिकित्सकहरूको प्रारम्भिक मूल्यांकन अनुसार उनको शरीरको करिब १७ प्रतिशत भाग जलेको हो ।

“भन्न त १७ प्रतिशत भनेका छन् तर अवस्था हेर्दा के के हुन्छ भन्न सकिने अवस्था छैन,” खनालले भने, “उनी बोल्न खोजेजस्तो लाग्छ, आवाज आउँछ तर स्पष्ट बुझ्न सकिँदैन ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?