बुटवल, १ असोज ।
जेएनजीको आन्दोलनका कारण अन्योलमा रहेको दसैँको अग्रिम टिकट बुकिङ मंगलबारदेखि सुरु भएको छ । पश्चिम नेपाल बस व्यवसायी प्रालिले आफ्ना यात्रुहरूलाई सहज सुरक्षित गन्तव्यमा पु¥याउने सहज सुविधा दिने उद्देश्यले अग्रिम टिकट बुकिङ सुरु गरेको हो ।
यात्रुलाई आरामदायी यात्रा गराउने र रमाइलो दसैँ मनाउन सहज गराउन मंगलबारदेखि काठमाडौँबाट अनलाइन टिकट बुकिङ सुरु गरेको हो । नेपाल यातायात महासङ्घले दसैँमा काठमान्डु बाहिर जाने यात्रुहरूका लागी अग्रिम टिकटको वितरण बारे समयमा निर्णय नगरेपछि यात्रुहरूलाई समस्या नहोस् भनेर पश्चिम नेपाल बस व्यवसायी प्रा लीले सोमबारदेखि काठमाडौँबाट अरू स्थानमा जाने यात्रुहरूका लागि अग्रिम अनलाइन टिकट बुकीड्ड सुरु गरेको हो ।
बुधबारदेखि देशैभरका पश्चिम नेपालका टिकट काउन्टरहरूबाट अग्रिम टिकट वितरण सुरु गरिएको छ । नेपालीहरूको महान् चाड वडा दसैँ तिहारलाई मध्य नजर गर्दै टिकट बुकिड्ड सुरु गरिएको पश्चिम नेपाल बस व्यवसायी प्रालीका अध्यक्ष दधिराम खरेलले बताए ।
महासङ्घले समयमा निर्णय नगर्दा नेपालीहरूको महान् चाड दसैँमा घर फर्कनेहरूले दुख पाउने देखिएकाले आफूहरूले अग्रिम टिकट बुकीड्ड खोलेको अध्यक्ष खरेलको भनाई छ ।
काठमाडौँ देखि दसैँ मनाउन पूर्व जाने यात्रुहरू र पश्चिम जाने यात्रुहरूलाई बुधबारदेखि अग्रिम टिकटको व्यवस्था गरिएको छ भने बुटवलदेखि गुल्मी, अघाँखाची, पाल्पा, प्युठान, रोल्पा, स्याङ्जा, पोखरा, बाग्लुड्ड जाने यात्रुहरूलाई समेत काउन्टरबाट अग्रिम टिकटको व्यवस्था सुरु गरिएको अध्यक्ष खरेलको भनाई छ । हामी हाम्रा यात्रुहरूलाई सहज र रमाइलो यात्रा गराउन चाहन्छौ ।
दसैँ तिहार जस्ता पर्वहरूलाई रमाइलो र सुरक्षित बनाउने आफूहरूको चाहाना रहेको खरेलको भनाइ छ ।