Butwal Today

बुटवल–गोरुसिङ्गे सडकको राजपुलका कारण यातायात बन्द 

१ आश्विन २०८२, बुधबार
अ+
अ-

बुटवल, ०१ असोज ।

लगातारको वर्षाका कारण पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्डको बुटवल–१२ तामनगरमा रहेको राजपुर पुल भासिएको छ । पुल भासिएपछि सो खण्डमा सवारी आवागमन अझै पनि सुचारु हुन सकेको छैन ।

पुल भासिएर बन्द रहेको राजमार्ग २४ घण्टा बितिसक्दा पनि मर्मत सम्भार हुन नसक्दा पूर्व पश्चिम गुड्ने सवारी साधनहरू सञ्चालनमा समस्या भएको हो । पुल भासिएपछि आयोजनाले यात्रु तथा सवारी चालकलाई वैकल्पिक मार्ग प्रयोग गरेका छन् ।

प्रभावित क्षेत्र नजिकैको बस्तीमा सतर्कता अपनाउन स्थानीय प्रशासनले समेत आग्रह गरेको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार भासिएको पुल मर्मत हुन नसक्दा डाइभर्सन मार्फत यातायातका साधनहरू सञ्चालन भइरहेको प्रहरी बताएको छ ।