Butwal Today

तमु प्ये ल्हु सङ्घ कतारको ५औँ अधिवेशन शुक्रवार हुने

३१ भाद्र २०८२, मंगलवार
अ+
अ-
कतार, ३१ भदौ ।
तमु प्ये ल्हु सङ्घ कतारले “५ औ अधिवेशन गर्ने भएको छ ।
तमु (गुरुङ) जातिको मौलिक भाषा, संस्कार, संस्कृति र पहिचानको संरक्षण, संवर्द्धन र प्रवर्द्धन” भन्ने मूल नाराका साथ सामाजिक तथा मानवीय सेवामा निरन्तर सक्रिय रहेको सङ्घले आगामी शुक्रवार संस्थाको “११औँ स्थापना दिवस तथा अधिवेशनको भव्य तयारीमा जुटेको हो।
सङ्घका अध्यक्ष अध्यक्ष चन्द्र ल्हेगे तमुले अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको बताए । उनले कार्यक्रममा विविध सांस्कृतिक र तमु मौलिक परम्परागत प्रस्तुतिहरू समेत रहने बुटवल टुँडेलाई जानकारी दिए ।
शुक्रवार ग्रान्डमलमा रहेको वेलफेयर रेस्टुरेन्टको सभा हलमा मध्यान्ह १२ बजे देखि कार्यक्रम सुचारु हुने कार्य तालिका रहेको छ । सन् २०१४ मा प्रवास शाखा कतारका रूपमा स्थापना भएको सङ्घले निरन्तर सांस्कृतिक, सामाजिक र मानवीय कार्य गर्दै आइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?