ट्रेंडिंग:

>> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य

रोल्पाका तीन स्थानीय तहमा आफ्नै प्रहरी

२५ मंसिर २०७९, आइतबार
२५ मंसिर २०७९, आइतबार

रोल्पा, २५ मंसिर ।

रोल्पामा तीनवटा स्थानीय तहले आफ्नै प्रहरी भर्ना गरेका छन् । जिल्लाका रोल्पा नगरपालिका, रुन्टीगढी गाउँपालिका र माडी गाउँपालिकाले आफ्नै प्रहरी भर्ना गरेका हुन् ।

रोल्पा नगरपालिका र रुन्टीगढी गाउँपालिकाले नगर प्रहरीको रुपमा प्रहरी भर्ना गरेका छन् भने माडी गाउँपालिकाले गाउँ प्रहरीको रुपमा आफ्नै प्रहरी भर्ना गरेको छ । रोल्पा नगरपालिका जिल्ला सदरमुकाममा रहेको छ भने रुन्टीगढी गाउँपालिका र माडी गाउँपालिका नगरोन्मुख गाउँपालिका हुन् ।

जिल्लामा सवभन्दा पहिला आफ्नै प्रहरी भर्ना गर्ने स्थानीय तह रुन्टीगढी गाउँपालिका हो । रुन्टीगढी गाउँपालिकाले एक महिला सहित ९ जना नगर प्रहरी भर्ना गरेको छ । उसले एक जना प्रमुख नगर प्रहरी र ८ जना नगर प्रहरी पद सिर्जना गरी भर्ना गरेको हो ।

रोल्पा नगरपालिकाले ३ महिला सहित १० जना नगर प्रहरी भर्ना गरेको छ । नगर प्रहरीमा एक प्रहरी हवल्दार रहेका छन् भने ९ जना प्रहरी जवान रहेका छन् । जिल्ला सदरमुकाममा रहेको रोल्पा नगरपालिकाले ट्राफिक व्यवस्थापन, वजार अनुगमन, पर्यटकीय क्षेत्रमा रहेका संरचनाहरुको सुरक्षा लगायतका काममा समेत नगर प्रहरी परिचालन गर्दछ ।

जिल्लाको माडी गाउँपालिकाले गाउँ प्रहरीको नाम दिएर आफ्नै प्रहरी भर्ना गरेको छ । उसले २ महिला सहित ७ जना गाउँ प्रहरी भर्ना गरेको हो । गाउँ प्रहरीमा एक जना प्रहरी सहायक निरीक्षक र ६ जना प्रहरी जवान कार्यरत छन् ।

नगर प्रहरी सुरक्षा र विकास गतिविधिमा परिचालन हँुदै आएको रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुनले जानकारी दिए । “शान्ति सुरक्षालाई चुस्त राख्नका साथै अन्य गतिविधिमा समेत नगर प्रहरीहरु परिचालित हुन्छन”–अध्यक्ष पुनले भने,“गाउँपाािलकाले माओवादी सेनाका लडाकु वसेको क्यान्टोनमेनको सुरक्षामा समेत नगरप्रहरी खटाएको छ ।”

स्थानीय तहले भर्ना गरेका प्रहरीहरुलाई सलामी, पिटी परेड, भिड नियन्त्रण, रेस्क्यू, विपद व्यवस्थान तथा उद्दार र सामान्य हतियार संचालन संवन्धी एक महिना सम्मको तालिम संचालन गरिएको थियो । प्रहरीलाई कार्यालय संचालन, चेन अफ कमाण्ड लगायतका विषयमा समेत तालिम दिईएको थियो ।

राजश्व संकलन, न्यायिक समितिलाई सहयोग, सरसफाई, पर्यटन गाईड र कार्यालय सुरक्षाको लागि उनीहरुलाई परिचालन गर्ने सोच स्थानीय तहहरुको छ । नगर प्रहरीलाई संचार सेट, खुकुरी र लट्ठीको सहायताले सुरक्षा दिने व्यवस्था मिलाइएको छ । स्थानीय तहहरुले भर्ना गरेको प्रहरीको खर्च व्यवस्थापन आन्तरिक श्रोतबाट हँुदै आएको छ । रोल्पामा एक नगरपालिका सहित दश स्थानीय तह रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?