Butwal Today

ऊर्जा मन्त्री घिसिङ: भ्रष्टाचार नियन्त्रण होइन, निर्मूल गरिन्छ

३० भाद्र २०८२, सोमबार
अ+
अ-

काठमाडौँ, ३० भदौ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइसहित तीन मन्त्रालयको नेतृत्व पाएका मन्त्री कुलमान घिसिङले मन्त्रालय र मातहतका निकायहरूमा शून्य सहनशीलताको नीति लागू गर्ने बताएका छन् ।

मन्त्री घिसिङले भ्रष्टाचार र अनियमितता नियन्त्रण जेनजी आन्दोलनको प्रमुख माग भएको उल्लेख गर्दै यसलाई निर्मूल बनाउने दाबी गरेका छन् । पदभार ग्रहण गरेपछि उनले मन्त्रालयमा आफ्नो प्राथमिकताका बारेमा जानकारी दिएका हुन् ।

उनले भने, “मन्त्रालय र मातहतका निकायहरूमा शून्य सहनशीलता अवलम्बन गरिनेछ । यस्तो कार्य गरेको पाइएमा तत्काल कडा कारबाही हुनेछ। भ्रष्टाचार नियन्त्रण होइन, निर्मूल गरिनेछ ।

कसैले पनि कुनै निकायमा भ्रष्टाचार वा अनियमितता गरेको भेटिए कडा कारबाही हुनेछ । यही हाम्रो दायित्व हो । अहिलेको आन्दोलनको विषय पनि भ्रष्टाचार र सुशासन नै थियो ।”

पारदर्शितासँग सम्बन्धित प्रश्नहरूमा उनले प्रत्यक्ष संवाद गर्न तयार रहेको बताएका छन् । उनले भने, “मलाई सिधै भन्नुहोला । ठूलो चुनौती लिएर आएको छु र त्यसको सामना गर्ने तयारी छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?