© २०२३
काठमान्डौ, ३० भदौ ।
नेपाल क्रिकेट संघ (क्यान) ले वेस्ट इन्डिजविरुद्ध हुने युनिटी कप टी–२० सिरिजका लागि १६ सदस्यीय नेपाली टिम घोषणा गरेको छ ।
युएईको शारजाह क्रिकेट स्टेडियममा सेप्टेम्बर २७, २९ र ३० मा हुने खेलका लागि रोहित कुमार पौडेललाई कप्तान र दीपेन्द्र सिंह ऐरीलाई उपकप्तान बनाइएको छ ।
घोषित टिममा कप्तान पौडेल र उपकप्तान ऐरीसहित कुशल मल्ल, आसिफ सेख, कुशल भुर्तेल, आदील आलम, लोकेस बम, करण केसी, नन्दन यादव, ललित नारायण राजवंशी, सन्दीप लामिछाने, गुलशन झा, सन्दीप जोरा, आरिफ सेख, सोमपाल कामी र साहब आलम समावेश छन् ।