ट्रेंडिंग:

>> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता

जनसाङ्ख्यिक लाभांशको अवस्था र हिँड्नुपर्ने बाटो

२९ भाद्र २०८२, आइतबार
२९ भाद्र २०८२, आइतबार

कुल जनसंख्याको अनुपातमा आर्थिक दृष्टिकोणले सक्रिय जनसंख्या अर्थात् १५ देखि ६४ वर्षको उमेरको जनसंख्याको प्रतिशतमा वृद्धि हुने र सोही प्रतिशत घट्न थाल्ने निश्चित समयको अवधिलाई नै जनसांख्यिक लाभांशको समय भनिन्छ ।

संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका अनुसार कूल जनसंख्यामा आश्रित जनसंख्या ( १५ वर्ष मूनिका केटाकेटी र ६५ वर्ष माथिका वृद्धवृद्धा) को अनुपातमा १५ देखि ६४ वर्ष समूहको जनसंख्याको अनुपात धेरै हुनु र निरन्तर प्रजनन दरमा ह्रास आउने अवस्था नै जनसांख्यिक लाभांश हो ।

जनसांख्यिक लाभांशले जनसंख्याको उमेर संरचनामा आउने परिवर्तनका कारण प्राप्त हुने आर्थिक वृद्धिको सम्भावनालाई जनाउँछ । कुनै राष्ट्रमा जन्मदरमा कमी आएको छ र काम गर्ने उमेरको जनसङ्ख्यामा वृद्धि भएको छ भने त्यहाँ जनसांख्यिक लाभांशयोग्य स्थितिको सम्भावना हुन्छ र यसबाट देशको समग्र आर्थिक अवस्थामा वृद्धि र नागरिकको जीवनस्तरमा गुणात्मक सुधार ल्याउन सक्ने सम्भावना हुन्छ ।

जनसांख्यिक लाभांशको अवस्थाबाट मुख्यत ४ वटा फाइदाहरू हुन्छन । पहिलो, जनसंख्यामा काम गर्ने मानिसको संख्या धेरै हुने भएकोले श्रमशक्तिको सहज आपूर्ति हुन गई उत्पादकत्व वृद्धि हुन्छ । दोश्रो,राज्य र परिवारले बालबालिकामा गर्नुपर्न खर्चमा कटौती हुने भएकोले वचत वृद्धि हुन्छ, जसलाई उत्पादनशिल क्षेत्रमा लगानी गर्न सकिन्छ ।

तेश्रो, प्रजनन दरमा ह्रास आउने भएकोले महिलाको स्वास्थ्य र शैक्षिक अवस्थामा सुधार आउंने भएकोले भएकोले महिला सशक्तिकरणमा टेवा पुग्नुको साथै उनीहरूलाई आर्थिक रूपमा सबल बन्न मद्दत पुग्छ । र, चौथो, आश्रित अनुपातमा कमी र कूल ग्राहस्थ उत्पादनमा वृद्धि आउने भएकोले ग्राहस्थ मागमा वृद्धि हुन्छ ।

यी लगायत अन्य थुप्रै आर्थिक–सामाजिक फाइदाहरू समेत प्रत्यक्ष अप्रत्यक्ष रूपमा हासिल गर्न सकिने भएकोले जनसांख्यिक लाभांश को अवस्थालाई सबै देशहरूमा महŒवपूर्ण समय मानिन्छ । नेपालमा वि.स. २००९÷११ देखि २०७८ सम्म नै काम गर्ने उमेरको जनसंख्या अनुपात आश्रित जनसंख्या भन्दा धेरै रहेको देखिन्छ ।

वि.सं. २०७८ मा नेपालमा सक्रिय जनसंख्या ६५.२ प्रतिशत छ । त्यस्तै, १५ वर्ष मुनिका र ६५ वर्षमाथिको जनसंख््याको हिस्सा क्रमशः २७.८ प्रतिशत र ६.९ प्रतिशत रहेको छ । यसअनुसार केन्द्रिय तथ्यांक कार्यालयले नेपाल जनसांख्यिक लाभांशको चरणमा वि.सं. २०७६ मा प्रवेश गरेको र वि.सं. २१०८ मा त्यो अवस्थाबाट वाहिरिने अनुमान गरेको छ ।

संयुक्त राष्ट्रसंघ (२०१५) र विश्व बैंक (२०१६) का अनुसार नेपाल २०४८ तिरै जनसांख्यिक लाभांशको चरणमा प्रवेश गरेको र अबको १० वर्षमा बाहिरिने छ ।. विभिन्न सरकारी र अन्तर्राष्ट्रिय निकायहरूको विश्लेषण हेर्दा अहिले नेपाल जनसांख्यिक लाभांश प्राप्त अवधिको करिब करिव मध्यावधिमा रहेको अनुमान गर्न सकिन्छ ।

नेपालको हालको जनसंख्या संरचनामा सक्रिय उमेरको जनसंख्याको यो हिस्सा इतिहासमै सबैभन्दा बढी रहेको छ । विवाहको उमेरमा वृद्धि, परिवार नियोजनको सुबिधा , साक्षरता वृद्धि र स्वास्थ्य सुविधामा आएको सुधारले गर्दा पछिल्लो २ दशकमा प्रजनन दर तथा मृत्युदरमा निरन्तर ह्रास तथा औषत आयुमा वृद्धि देखिएको छ, जसले गर्दा जनसंख्यामा सक्रिय जनसंख्याको अनुपात बढिरहेको छ । तर वि.स.२१०० को छेउछाउबाट युवा पुस्ताको जनसंख्या ओरालो लाग्ने प्रक्षेपण छ ।

लुम्बिनी प्रदेशको अवस्थाः
लुम्बिनी प्रदेश नेपालमा तेश्रो धेरै जनसंख्या भएको प्रदेश हो । २०७८ को जनगणना अनुसार लुम्बिनी प्रदेशमा नेपालको जनसंख्याको १७.५६ प्रतिशत अर्थात ५१२२०७८ रहेको छ ।

लुम्बिनी प्रदेशमा एक दशकमा ६२२८०६ जनसंख्या थपिएको छ । पछिल्लो दशकमा नेपालमै उच्च जनसंख्या वृद्धिदर लुम्बिनी प्रदेशमा (१.२४ प्रतिशत) रहेको छ, जुन नेपालको वार्षिक जनसंख्या वृद्धिदर ०.९२ प्रतिशत भन्दा बढी हो ।

यो प्रदेशको जनसंख्याको उमेर बनावटको विश्लेषण गर्दा सक्रिय जनसंख्या (१५–५९ वर्ष) को प्रतिशत ६५.५ प्रतिशत रहेको छ भने बालबालिका (०–१४ वर्ष) को २८.५ प्रतिशत ( जुन अघिल्लो दशकमा ३६.३ प्रतिशत थियो), जेष्ठ नागरिक (६५ वर्ष माथिको जनसंख्या) को जनसंख्या ६.२ प्रतिशत रहेको छ ।

पछिल्लो दशकमा प्रदेशको जनसंख्या वृद्धिदर १.२४ प्रतिशत रहँंदा यहा सक्रिय उमेर समुहमा पर्ने जनसंख्या २.२३ प्रतिशतको दरले बढेको देखिन्छ । तराईका जिल्लाहरूमा सक्रिय जनसंख्या ( १५–६४) औषतमा ६५.७२ प्रतिशत भन्दा बढी रहंदा पहाडी जिल्लाहरूमा यो संख्या औषतमा ६२.६७ प्रतिशत रहेको छ ।

]गुल्मी, पाल्पा र अर्घाखाँचीमा ६५ वर्ष माथिको औसत जनसंख्या ९.२ प्रतिशत भन्दा बढी रहेको छ । रुकुम पुर्व, रोल्पा, प्युठान, कपिलवस्तु र बाँके जिल्लामा १५ वर्ष मुनिको जनसंख्या औसतमा ३१ प्रतिशत रहेकोले यी जिल्लामा जेष्ठ नागरिकको जनसंख्या अनुपात कम भएपनि वयस्क जनसंख्या अनुपात बढ्न सकेको देखिदैन । यसले यी जिल्लामा उच्च आश्रित अनुपातको अवास्थालाई दर्शाउछ ।

तथ्याङ्कीय रूपमा प्रदेशमा आधा भन्दा भन्दा धेरै जनसंख्या कामगर्ने जनसंख्या देखिएपनि समाजमा युवा जनशक्ति अत्यन्त कम छ । युवाहरू अहिले विदेशमा रहेकोले अहिले जनसांख्यिक लाभांश लिने कुरा त्यति सहज छैन । अहिले विदेशिएका युवाहरू बुढेसकाल लागेपछि मात्र स्वदेशमा टिक्नेगरी आउने भएकोले जनसांख्यीक लाभांशको समय लगत्तै प्रदेशमा वृद्ध जनसंख्या धेरै हुने र त्यसले राज्यलाई अनावस्यक भार थपिने निश्चित छ ।

अहिले प्रजनन दरमा कमि आएकोले भविस्यमा त्यसैपनि युवा जनशक्तिको कमि हुनेछ । त्यसमाथि पनि अहिले युवाहरूको विदेश मोह तत्कालै नघट्ने भएकोले प्रदेशमा युवा जनशक्ति निकै कम हुनेछ । यस्तो अवस्थाले प्रदेशमा कृषि उत्पादन, उद्योग र पर्यटन जस्ता क्षेत्रहरू नराम्रै प्रभावित हुनुको साथै सामाजिक व्यवहारमा समेत नकारात्मक प्रभाव पर्नेछ ।

युवा जनशक्ति परिचालन गर्न र जनसांख्यीक लाभांश लिन बसाईसराई प्रमुख बाधक बनेको छ । बसाइसराईले पहाडी वस्तीहरू खालि हुँदा त्यहाका पर्यटकीय र कृषिका सम्भावनाहरू पनि खेर गैरहेका छन् । प्रदेश सरकारले जनसंख्यालाई पहाडमा अडाउने र उनीहरूलाई श्रम क्षेत्रमा परिचालन गर्ने नीति नल्याउने हो भने गाउँहरू युवा विहिन हुने निश्चित छ ।

यो बसाइसराईलाई रोक्न सकिएन भने प्रदेश सरकारले जनसांख्यिक लाभांश लिन कदापि सक्नेछैन । त्यसैले युवा लक्षित कार्यक्रमहरू बनाउदा युवाहरूलाई गाउघरमै रोक्ने गरि कृषि, उध्योग, पर्यटन, विकास निर्माण जस्ता योजनाहरू बनाउनु जरुरि छ ।

अरूमा कम आश्रित हुने र देश विकासका लागि आफ्नो उत्पादनशील क्षमता एवं उर्जामार्फत योगदान गर्नसक्ने भएकोले जनसांख्यिक दृष्टिकोणले सक्रिय जनसंख्याको अनुपात बढी हुनुलाई अत्यन्तै राम्रो मानिन्छ ।

प्रदेशमा जनसांख्यिक लाभांशको अवस्था आधाआधी मात्र बाकि रहेको अवस्थामा जनसांख्यिक लाभांशको अवसरलाई भरपुर उपयोग गर्न प्रदेश र संघिय सरकारले कुनै विलम्ब नगरी आवश्यक कार्ययोजना बनाई कार्यान्वयन गर्नुपर्छ र आर्थिक तथा सामाजिक विकासलाई गति दिनुपर्छ ।

प्रदेश सरकारले जनसांख्यिक लाभांश लिनको लागि सबैभन्दा पहिले देशको युवा जनशक्तिलाई प्रदेशमै रोक्नको लागि आवस्यक आक्रामक योजना र कार्यक्रमहरू ल्याउनु पर्छ ।

अहिले कृषि, पर्यटन र उद्योग लुम्बिनी प्रदेशका सम्भावनाका क्षेत्रहरू भएकोले ति क्षेत्रमा युवाहरूलाई रोजगार प्रदान गरेर र स्वरोजगार बन्न सघाएर उनीहरूलाई प्रदेशमै रोक्न सक्ने वातावरण बनाउन सकिएन भने जनसाङ्ख्यिक लाभांश लिने त कुरै छाडौ, सामान्य कामहरू गर्नको लागि समेत जनशक्तिको अभाव हुनेछ ।

प्रदेशमा आगामी दिनमा जनसंख्या संरचनामा सक्रिय जनसंख्याको हिस्सा क्रमशः घट्दै जाने निश्चित छ । आजको युवा जनसंख्या वृद्धावस्थामा प्रवेश गरेपछि जनसांख्यिक लाभांशको अवस्था स्वतः गुम्छ र व्यक्ति परिवार वा राज्यप्रति आश्रति हुन्छ । यस्तो अवस्थामा वृद्धवृद्धालाई राज्यको ढुकुटी खर्च गर्नुपर्ने हुन्छ ।

आउँदा दिनहरूमा वृद्धवृद्धाको आर्थिक तथा सामाजिक सुरक्षालाई सुदृढ बनाउन अहिलेका बालबालिकाको शिक्षा, स्वास्थ्य तथा पोषण र प्रारम्भिक बालविकास तथा किशोरकिशोरीको विकास र सामाजिक संरक्षण र बृहत्तर हितमा अधिकतम लगानी गर्नु आवश्यक हुन्छ ।

अहिलेका बालबालिकाका लागि उचित लगानी गरी उनीहरूलाई योग्य र सक्षम बनाई उनीहरूलाई बढी उत्पादनशील बनाउन सकिए मात्रै अहिलेका तन्नेरी पुस्ता ढल्दो उमेरमा पुगेपछि अथवा वृद्धावस्थामा पुगेपछि तिनलाई आर्थिक तथा सामाजिक टेवा दिन सक्षम हुनेछन् र तिनको जीवनयापन सहज र सुरक्षित हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?