Butwal Today

पाल्पाको जनजीवन सामान्य,  सरकारी तथा गैर सरकारी कार्यालयहरू नियमित रूपमा सञ्चालन 

२८ भाद्र २०८२, शनिबार
अ+
अ-

पाल्पा २८ भदौ ।

जेन जीको शान्तिपूर्ण आन्दोलन र सुरक्षा निकायको सक्रियतामा पाल्पाको जनजीवन सामान्य बनेको छ । पाल्पामा पनि जेन जीहरुले  भदौ २३ र २४ गते सदरमुकाम तानसेन, रामपुर, बगनासकाली, रैनादेवी छहरामा शान्तिपूर्ण प्रदर्शन गरेका थिए ।

आन्दोलनका समय देखी  पाल्पामा एक दिन पनि सरकारी तथा गैर सरकारी कार्यालयहरू बन्द भएका छैन ।  बजार खुलेको छ भने यातायात सञ्चालनमा कुनै पक्षबाट अवरोध रहेको छैन ।

जिल्ला प्रशासन कार्यालय पाल्पाले सबै सरकारी तथा गैर सरकारी कार्यालय  नियमित रूपमा सञ्चालन भएको जनाएको छ । आन्दोलनका कारण  जिल्लाका सबै सरकारी कार्यालय, बैक तथा वित्तीय संस्थाहरू, सदाकै अवस्थामा सञ्चालनमा रहेको जिल्ला प्रशासन कार्यालय पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी एव सूचना अधिकारी ऋषिराम सुवेदीले बताए ।

आफ्नो अवस्था अनुसार सरकारी सेवा सुविधा लिन नागरिकहरू लाई जिल्ला प्रशासन कार्यालय पाल्पाले अनुरोध गरेको छ । पाल्पामा जेनजीहरुले आन्दोलन शान्तिपूर्ण रूपमा  रह्यो । जेनजी समूहले कुनै पनि सरकारी तथा गैर सरकारी, राजनीतिक दलका पार्टी कार्यालय, तथा राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूको घर तथा सार्वजनिक सम्पत्तिमा हानी नोक्सानी तोड फोड गरेनन् ।

उनीहरूले तानसेन नगरपालिका, बगनासकाली गाउँपालिका, नेपाली काँग्रेसको पार्टी कार्यालय, जनप्रतिनिधीहरुको निवासमा  तोडफोड नगरी कालो झन्डा राखेर विरोध जनाएका छन् । सुरक्षाकर्मीहरूको सक्रियतामा   जेन जी आन्दोलनमा घुसपैठ लाई रोक्न सफल भएको  सार्वजनिक तथा निजी सम्पत्ति माथि हानी नोक्सानी नहुँदा जनजीवन सामान्य अवस्थामा फर्किएको हो ।

जेन जी को अनुशासित आन्दोलन, सुरक्षाकर्मीको सूक्ष्म निगरानी र सक्रियताकै कारण आन्दोलनको क्रममा कुनै पनि अप्रिय घटना नघटेकै कारण पाल्पाको जनजीवन शान्ति पूर्ण रूपमा सामान्य बनेको हो ।

पाल्पाका बैक तथा वित्तीय संस्था, अदालत, सरकारी कार्यालय लगायतका क्षेत्रमा सुरक्षाकर्मीले नियमित गस्ती तथा निगरानी बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?