ट्रेंडिंग:

>> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास

२०७६ देखि सदरमुकामलाई गिज्याइ रहेको थ्रिडी पार्क

२८ भाद्र २०८२, शनिबार
२८ भाद्र २०८२, शनिबार

गुल्मी,२८ भदौ ।

गुल्मीको सदरमुकाम तम्घासमा रहेको थ्रिडी पार्कले २०७६ सालदेखि सदरमुकाम तम्घाससँगै रेसुंगा नगरपालिका र प्रशासनलाई गिज्याइ रहेको छ ।

पार्क बनेको लामो समयसम्म प्रयोगमा नआएका कारण पार्कमा घाँस पलाउनुका साथै संरचनाहरु टुटफुट हुँदै जाने र मर्मत गर्नुवाहेकको अन्य केही काम हुन सकेको छैन् । सबैको नजर पुग्ने सदरमुकाम तम्घासमै सरकारी संरचना प्रयोगविहीन हुँदा प्रयोगमा ल्याउनका लागि कसैको ध्यान जान नसक्नु दुःखद पक्ष रहेको छ । रेसुंगा नगरपालिका र लुम्बिनी प्रदेश सरकारको ५०/५० प्रतिशत साझेदारीमा ५५ लाखको लागतमा पार्क निर्माण भएको लामो समयदेखी प्रयोगविहीन अवस्थामा छ ।

५५ लाखको निर्माण पश्चात रेसुङगा नगरपालिकाले विभिन्न समयमा गरी १० लाख भन्दा बढी रकम मर्मतमा खर्चिएको छ । ६५ लाख बढी खर्चिएको पार्कमा सडक बालबालिकाले रजाइँ गर्ने गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वयको अगाडि रहेको पार्क प्रयोगविहीन हुँदा र राज्यको लाखौँ रकम यसै खेर जाँदा सरोकारवाला निकाय यसै मौन रहेका छन् ।

नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले थ्रिडी पार्क निर्माण गरेर राज्यको रकम दुरुपयोग भएको बताएका छन् । नागरिकले सरकारलाई खवरदारी गर्ने पहिलेको लाँकुरी मञ्चलाई हटाएर निर्माण गरिएको संरचनाले राज्यको रकम दुरुपयोग हुनु र सञ्चालनमा नआउनु दुःखद भएको बताए । लामो समयसम्म पार्क सञ्चालनमा ल्याउन नसक्नु नगरपालिकाको कमजोरी भएको उनको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद कोइरालाले आँफू केही हप्ता पहिले मात्रै जिल्लामा आएको बताउँदै पार्क सञ्चालनका लागि पहल गर्ने बताएका छन् । सरकारी लगानीमा बनेको संरचनालाई यसै खेर जान नदिने उनको भनाइ छ ।
यता रेसुंगा नगरपालिकाका प्रवक्ता रामजी पन्थीले पार्क सञ्चालनका लागि निजी क्षेत्रलाई दिने सहमति भए पनि पछि निजी क्षेत्रले सुरक्षाको वाहाना बनाउँदै सञ्चालन नगर्ने भने पछि थप अन्योल भएको बताएका छन् । पार्क सञ्चालनका लागि नगरले योजना बनाउने उनको भनाइ छ ।

धेरै समय पहिलेदेखि पार्क निजी क्षेत्रलाई सञ्चालनमा ल्याउनका लागि दिने बताए पनि त्यसको कार्यान्वयन भने हुन नसकी पार्क यसै बेवारिसे जस्तै बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?