Butwal Today

आजै शीतल निवासमा क्याबिनेट बैठक बस्ने, संकटकाल र संसद विघटन हुने

२७ भाद्र २०८२, शुक्रबार
अ+
अ-

काठमाडाैं ।

राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्री नियुक्त सुशीला कार्कीलाई शपथ ग्रहण गराउने तयारी गरिएको छ । स्रोतका अनुसार ९ बजे उनको शपथ हुने छ । अहिले पत्र तयार भइरहेको जनाइएको छ ।

उनले शपथ ग्रहण गरेपछि शीतल निवासमै क्याबिनेट बैठक बस्ने तयारी गरिएकाे छ । बैठकले संकटकालकाे सिफारिस गर्ने र राष्ट्रपति रामचन्द्र पाैडेलले अनुमाेदन गरेपछि राष्ट्रपतिले विषम परिस्थितिमा प्रयाेग गर्न पाउने संवैधानिक विशेषअधिकारअनुसार संसद विघटन हुने स्राेतले जनाएकाे छ ।

प्रधानमन्त्री नियुक्त पछि संसद् बैठक बोलाउने सहमति भएको छ एक शीर्ष नेताले भने । आजको सहमतिले थप सङ्कट पैदा हुन सक्ने बताइएको छ ।