© २०२३
काठमान्डौ, २७ भदौ ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूहरुको अनुहारमा दाग लागेको भन्दै जनतासँग माफी माग्नुपर्ने धारणा व्यक्त गरेका छन् ।
भदौ २३ गतेको अकल्पनीय घटनामा कांग्रेस सरकारमै रहेका कारण पार्टीले जिम्मेवारी लिनुपर्ने उनको भनाइ छ । एक भिडियो सन्देशमार्फत उनले आफूहरु व्यक्तिगत रूपमा सरकारमा नभएपनि आफ्नो पार्टी सरकारमा रहेको बताए ।
महामन्त्री थापाले पार्टीका कार्यालय, सम्पत्ति र नेताहरूको घरमा भएको तोडफोड तथा आगजनीप्रति दुःख व्यक्त गर्दै स्वाभाविक आक्रोशलाई स्वीकार गर्नुपर्ने बताए । तर नियतवश गरिएको तोडफोड र आक्रमणलाई भने कानुनी दायरामा ल्याउनुपर्ने उनले जोड दिए ।
जेनजी आन्दोलनका माग सम्बोधन गरेर मात्रै मुलुक अगाडि बढ्न सक्ने उल्लेख गर्दै उनले कांग्रेस आन्दोलनकारीहरूले छानेको व्यक्तिको नेतृत्वमा अन्तरिम सरकार बनाउन तयार रहेको जानकारी दिए ।
उनले तत्काल नयाँ सरकार गठन भएपछि भदौ २३ र २४ गतेका अमानवीय र क्रूर घटनाको छानबिन गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्नुपर्ने माग कांग्रेसको रहने स्पष्ट पारे ।