ट्रेंडिंग:

>> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ

घरमा तोडफोड र आगजनी भएपछि इमानदार नेता लिला गिरीले भने– आखिर के देखे मेरो त्यो साधारण घरमा ?

२७ भाद्र २०८२, शुक्रबार
२७ भाद्र २०८२, शुक्रबार

तिलोत्तमा, २७ भदौ ।

जेन जी समूहको आन्दोलन विध्वंशमा परिणत भइ देशभरि सार्वजनिक र निजी सम्पत्तीमाथि तोडफोड र आगजनी भयो । सोही क्रममा भदौ २५ गते रुपन्देहीको तिलोत्तमा स्थित एमाले नेता तथा यसक्षेत्रका सालिन र इमानदार नेता मानिने लिला गिरीको घरमा पनि तोडफोड र आगजनी भयो ।

लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री गिरीको तिलोत्तमा–१ शंकरनगरस्थित साधारण निवासमा जेनजी समूहका नाममा आक्रमण, तोडफोड र आगजनी भयो । हुलहुज्जत गर्दै समूहले तोडफोड र आगजनी गर्नेबेला गिरीको परिवार पछाडिको ढोकाट बाहिर निस्कन भ्याएकाले मानवीय क्षति भने हुन पाएन । ताडफोडमा उत्रिएको समूहले ‘…भरखर यहीँ थियो, सबै यहीँ थिए, पुलिस पनि थिए खोज खोज जलाइदिनुपर्छ…’ भन्दै घरमा अन्धाधुन्द तोडफोड र आगजनी गरेका थिए ।

 घटनाले आफुलाई गहिरो चोट दिएको नेता गिरीको प्रतिक्रिया छ । सामाजिक न्याय, समावेशिता र शान्तिपूर्ण राजनीतिक रूपान्तरणका पक्षधर गिरीको सादा जीवनशैली, इमानदारिता र जनप्रतिबद्धतालाई नकार्दै उनकै सानो, सामान्य निवासमाथि लक्षित ढंगमा गरिएको आक्रमणले आम नागरिक, शुभेच्छुक र राजनीतिक वृत्तमा समेत गहिरो पीडाबोध उत्पन्न गराएको छ ।

गिरीसहित तिलोत्तमाका अगुवाहरु संघीय सांसद बासुदेव घिमिरे, पर्यटन व्यवसायी समेत रहेका गोपाल रानाका दुई ठूला प्रतिष्ठान, तिलोत्तमा–१, का वडा अध्यक्ष फर्सुराम गिरीलगायतको निवास र प्रतिष्ठानमा समेत तोडफोड र आगजनी भएको छ ।

आगजनीले नेता गिरीको घर, गोठ र त्यहाँ रहेका सरसामान जलेर नष्ट भएका छन् । आगजनीमा परेर दनदनी दन्किरहेको घरगोठमा आन्दोलनकारी निस्किएपछि छरछिमेकी र स्थानीयहरु उद्धार गर्न पुगेका थिए । त्यसबेलासम्म घरगोठ र त्यहाँका सामान सबै जलेर नष्ट भइसकेका थिए ।

शंकरनगरका पहिलो जननिर्वाचित गाविस अध्यक्ष बनेका बेलामा हालको तिलोत्तमा नगरको जग बसाएका, आधार तयार पारेका तिनै नेता गिरी भारी मतका साथ दुई पटक प्रदेश सभामा निर्वाचित भएर लुम्बिनी प्रदेशको पहिलो सरकारमा मन्त्री बनेका बेला त्यसबेलाको समृद्धिको संकल्प साकार पार्नेगरी बजेट विनियोजन र योजना तर्जुमा गरिरहेका थिए । लुम्बिनी प्रदेशमा मात्रै नभई मुलुकमै सालिन, इमानदार, सहनशिल र योग्य नेताका रुपमा लिइन्छ उनलाई ।

गुल्मीको रुरुक्षेत्रबाट २०२२ सालमा रुपन्देहीमा आएका र त्यसअघि केही वर्ष भारतमा मजदुरी गर्दै पढ्दै गरेका थिए नेता गिरी । भारतको सडकमा मजदुरी गरेर बनाएको त्यो घरमा गाई बाँधिएको गोठ, खेतको अन्न र अभावमा हुर्किएका सन्तान थिए–महल थिएन’, गिरीले भावुक हुँदै प्रतिक्रिया सार्वजनिक गरेका छन् ।

उनले आफ्नो संघर्षपूर्ण जीवनयात्राको स्मरण गर्दै देश र जनताका लागि विनास्वार्थ, निष्ठापूर्वक काम गरेको कुरालाई दोहो¥याए । नेता गिरीले मुख्यमन्त्रीका रूपमा कार्यरत रहँदा बजेटमा अनावश्यक खर्च कटौती गर्दै जनताको करको पैसा जोगाउने जस्तो इमानदार निर्णय गरेका थिए, जुन नैतिकताको जगमा उभिएको राजनीति गर्न खोज्नेहरूप्रति एउटा प्रेरणादायी उदाहरण थियो । त्यसबेलाको उनको सचिवालय पनि पारदर्शी र मितव्ययी थियो । तर यही इमानदारितामाथि प्रश्न उठाउने शैलीमा गरिएको आपराधिक आक्रमणले नेपालको राजनीतिक संस्कार र आन्दोलन संस्कृतिप्रति गम्भीर प्रश्न उठाएको छ ।

जेनजी आन्दोलनप्रति सहानुभूति, तर विध्वंशप्रति विरोध

गिरीले हालको जेनजी पुस्ताको भावना, आशा र संघर्षप्रति सहानुभूति प्रकट गर्दै भनेका छन्,–‘युवा आवाज जायज छ, म तिनको प्रतिनिधित्व गर्न तयार छु, तर आवाजलाई ध्वंश र आगो होइन शान्तिपूर्ण आन्दोलन बनाऔं ।’ उनले कुनै पनि शक्ति वा गुटले युवाहरुलाई भड्काएर उनीहरूको नैतिक संघर्षलाई दुरुपयोग गरिरहेको भए त्यो समाज, लोकतन्त्र र देशकै लागि धोका हुने उल्लेख गरेका छन् । उनले आफ्नो अपिलमा समस्त युवालाई धैर्य, संवाद र तथ्यमा आधारित असहमतिको बाटो लिन र कुनै पनि प्रकारको हिंसा र ध्वंशको सहारा नलिन आग्रह गरेका छन् । ‘म विचलित छैन, यो आगोले मेरो आत्मा जलाएको होइन, अझ प्रज्वलित बनाएको छ ।’ गिरीले सार्वजनिक गरेको अपिलमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?