ट्रेंडिंग:

>> सीमा नाकामा मदिरा कारोबारले बढायो अपराध जोखिम >> कालिका मानवज्ञान माविले मनायो ६५ औ बार्षिक उत्सव >> लुम्बिनी प्रिमियर लिग पुस अन्तिम सातादेखि हुने >> दुर्गा प्रसाईंलाई ५ बुँदे पत्र पठाउँदै सरकारले पहिलो पटक भन्यो- राजसंस्था र हिन्दू अधिराज्यबारे जनमत संग्रह ‘तत्काल सम्बोधन गर्नुपर्ने’ एजेन्डा >> ओभरलोड बोक्ने टिप्पर चालकलाई सडकमै प्रशिक्षण र कारबाही >> भक्तपुरको निर्माणधीन घरमा मजदुरको हत्या >> ओलीलाई व्यंग्य गर्दै लामिछाने: गुन तिर्न अदालत धाइरहेको छु >> ओली देउवा भेट्न महाराजगञ्ज पुगे >> सडक निर्माणमा एमसीए-नेपालको ३ अर्ब ४३ करोडको ठेक्का सम्झौता >> प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जसपा, जनमत र स्वतन्त्र सांसदले गरे हस्ताक्षर >> आँखा स्वास्थ्य पहिलो प्राथमिकता हुनुपर्ने  >> बंगलादेशमा शेख हसिनाविरोधी नेतालाई गोली हानियो >> कारोबार घटेसँगै सेयर बजार पनि घट्यो >> विद्याधर मल्लिकको प्रश्नः नो भोटमा पनि मतदान नगरे सुधार कसरी सम्भव हुन्छ ? >> देशभर मतदाता सूचीमा १० लाख १६ हजार नयाँ मतदाता थपिए >> उपकुलपतिलाई कालो मोसो दल्नेहरू मानवअधिकार र संविधान विरोधी हुन : नागरिक समाज दाङ >> सरकारले दलसँग माग्यो विदेशमा रहेका नेपालीको मताधिकारदेखि ‘नो भोट’ सम्म सुझाव >> गुल्मीमा आगलागी हुँदा एक व्यक्ति घाइते >> लमहीमा बिलबिजक बिनै ल्याइएका करिब साढे ३ लाख बराबरका सामान बरामद >> केशवराज हायुको हत्या हुँदा घटनास्थलमा रहेका अर्का युवक जंगलमा मृत भेटिए >> लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा सरकारी गाडी चलाउन रोक >> माइतीघर प्रदर्शनमा प्रहरी हस्तक्षेप, निकोलस भुसाललगायत नियन्त्रणमा >> साना किसान कृषि सहकारी संस्थामा सुनारी अध्यक्ष >> चालकहरूलाई सडकमा रोकेर ३ मिनेट अभियान सुरु  >> प्रदर्शनका क्रममा माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ >> सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च >> गुल्मीमा १८१ जनाले राहदानी बनाउँदा ९ लाख बढी राजस्व सङ्कलन >> आन्तरिक पर्यटकको रोजाइमा गर्जुरा पार्क, ५ महिनामा १२ हजार बढीले अवलोकन >> भदौ २३ को घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा >> निर्वाचन तयारीबारे आयोगले आज प्रधानमन्त्री र दलहरूसँग छलफल गर्दै >> डढेलो विरुद्ध पूर्व तयारीमा जुट्ने समय >> आज माइतीघरबाट ‘शान्तिपूर्ण आन्दोलन’ थाल्दै जेनजी मिराज ढुंगानाको समूह >> गण्डक नदी बलियो कि, ‘परक्यूपाइन’ कमजोर ? >> सिद्धबाबा सुरुङमार्गको काम ६५ प्रतिशत सकियो, मन्त्री घिसिङद्वारा छिटो सक्न निर्देशन >> निर्वाचन गराउने कुरामा खुट्टा नकमाऊ >> मानव–वन्यजन्तु द्वन्द्वले त्रासमा मान्छे र वन्यजन्तु  >> तेजपत्ता–दालचिनी चुरेका गाउँको प्रमुख आम्दानी >> तराईमा हुस्सु र कुहिरोको प्रभाव रहने >> रवि छुटेको दुई दिनपछि तीन करोड धरौटी बुझाएर छुटे छविलाल >> प्रधानमन्त्रीसँग लामिछानेको आग्रहः जेनजीसँगको सम्झौता कार्यान्वयन गरौँ, निर्वाचनमा दायाँबायाँ नगरौँ >> शिक्षा सुधार बहसः भौतिक संरचना र गुणस्तरमा जोड >> फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान >> जंगलबिचको स्वर्ग : बाह्रकुने दह >> पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, शतक रक्तदाता जयसवाल सम्मानित >> विद्यार्थीको अध्ययनमा सहजता ल्याउन एनआईएमबी बैंकको जुत्ता–मोजा >> अज्ञात समूहद्वारा उपकुलपतिमाथि अभद्र व्यवहार >> प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटार जाँदै >> हुस्सु र शितलहरले बाँकेको जनजीवन प्रभावित >> विश्व ध्यान दिवसका अवसरमा नेपालगञ्जमा ध्यानको सन्देश >> कांग्रेसका शीर्ष बाहेकका ६५ निवर्तमान सांसदले गरे पुनर्स्थापनाको पक्षमा हस्ताक्षर

पार्टीपंक्तिलाई बिचलित नहुन आग्रह गर्दै शंकर र प्रदीपले भने–संविधानसम्मत निकास खोजिनुपर्छ

२५ भाद्र २०८२, बुधबार
२५ भाद्र २०८२, बुधबार

काठमाडौं, २५ भदौ ।

नेकपा (एमाले) का महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्रीको राजीनामापछिको राजनीतिक निकास संविधानसम्मत र लोकतान्त्रिक विधिबाट खोजिनुपर्ने बताएका छन् । उनीहरूले असामान्य परिस्थितिको सामना गर्न पार्टी एकताबद्ध र अनुशासित भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।

नेताद्वयले युवा पुस्ताद्वारा सञ्चालित भ्रष्टाचारविरोधी प्रदर्शनका क्रममा प्रहरी गोली लागेर १९ जनाको मृत्यु र ४ सयभन्दा बढी घाइते भएको घटनाप्रति गहिरो दुःख प्रकट गरेका छन् । “मृतकप्रति श्रद्धाञ्जली, घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना र पीडित परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौँ,” विज्ञप्तीमा उल्लेख छ ।

यस्तै, मुलुकभर भएको तोडफोड, आगजनी, लुटपाट र हिंसात्मक गतिविधिले मुलुक पुनः स्तब्ध बनेको भन्दै चिन्ता व्यक्त गरिएको छ । संघीय संसद भवन, राष्ट्रपति भवन, सिंहदरबार, सर्वोच्च अदालत, महान्यायाधिवक्ताको कार्यालय, प्रहरी कार्यालयसहित सयौँ संरचना ध्वस्त भएको, अभिलेख र बहुमूल्य दस्तावेज जलेर नष्ट भएको, सार्वजनिक तथा निजी सम्पत्तिमा खर्बौँको नोक्सानी भएको र कैदीबन्दीहरू कारागारबाट बाहिरिएको उल्लेख गरिएको छ ।

पोखरेल र ज्ञवालीले शान्तिपूर्ण प्रदर्शनको पूर्वघोषणाका बाबजुद हिंसात्मक गतिविधि कसरी भयो भन्ने विषयमा यथार्थ छानबिन गर्नुपर्ने माग गरे। साथै, “यस क्रममा राज्यका सुरक्षा निकायहरूको भूमिकाको पनि समीक्षा हुनुपर्छ,” भनिएको छ ।

दुवै नेताले यस्तो विषम परिस्थितिमा पार्टीलाई अविचलित, एकताबद्ध र भविष्यप्रति आशावादी भएर अघि बढ्न आह्वान गरेका छन् । “हामी निरङ्कुशतन्त्र, द्वन्द्व, सामाजिक विद्वेष र विपत्तिसँग जुझ्दै यस बिन्दुसम्म आइपुगेका हौँ । यो प्रतिकूल अवस्था सधैँ रहँदैन, बदलिन्छ,” विज्ञप्तीमा भनिएको छ ।
तिनीहरूले पार्टी पंक्तिलाई नियमित सम्पर्कमा रहन, सामूहिक समाधान खोज्न, प्रशासनसँग समन्वय गरेर सार्वजनिक तथा निजी सम्पत्तिको रक्षा गर्न, शान्ति–सुरक्षा कायम राख्न र राहत प्रदान गर्न आग्रह गरे ।

राजनीतिक समाधानका लागि राष्ट्रपतिलाई पहल गर्न आग्रह गर्दै विज्ञप्तीमा भनिएको छ ः “सार्थक संवाद सुरु गर्न, सुशासन, सहज सेवा प्रवाह र तीव्र विकासको आकांक्षा संवोधन गर्न संविधानसम्मत पहल आवश्यक छ । लोकतान्त्रिक गणतन्त्र र बहुदलीय प्रतिष्पर्धात्मक प्रणालीलाई कमजोर गर्नु हुँदैन, बरु थप सुदृढ बनाइनुपर्छ ।”

देशभर भइरहेको लुटपाट, आगजनी र तोडफोड नियन्त्रण गर्न तथा जनताको ज्यान–धनको सुरक्षा प्रभावकारी बनाउन नेपाली सेना सहित सबै सुरक्षा निकायलाई सक्रिय हुन नेताद्वयले हार्दिक आह्वान गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?