© २०२३
काठमान्डौ, २५ भदौ ।
२४ घण्टाभित्रै राजनीतिक सत्ता परिवर्तन गर्न सफल जेनजी आन्दोलनकारीहरू अब अन्तरिम सरकार गठनको गृहकार्यमा जुटेका छन् ।
डिजिटल माध्यममार्फत निरन्तर छलफलमा रहेका युवाहरूले अन्तरिम प्रधानमन्त्रीको नाम चयनका विषयमा बहस गरिरहेका छन् । उनीहरूले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्रीको रूपमा अघि सार्ने प्रस्तावमा गम्भीर छलफल गरिरहेका छन् ।
जेनजीका नेताहरूले न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका सम्बन्धी अनुभव र समझदारी अभाव भएको स्वीकार गर्दै वार्ता र शासनका लागि परिपक्व तथा विश्वासिलो नेतृत्व आवश्यक रहेको बताएका छन् । त्यसै सन्दर्भमा पूर्वप्रधानन्यायाधीश कार्कीको नाममा सहमति जुटाउने प्रयास भइरहेको छ ।
यद्यपि, सुशीला कार्कीले यसबारे औपचारिक प्रतिक्रिया दिएका छैनन् ।