Butwal Today

जेनजी नेतृ रक्षा बम छलफलबाट बाहिरिइन्

२५ भाद्र २०८२, बुधबार
अ+
अ-

काठमान्डौ, २५ भदौ ।

जेनजी आन्दोलनको प्रतिनिधित्व गर्दै जंगीअड्डामा पुगेका युवामध्ये रक्षा बम छलफलबाट बाहिरिएकी छन् । उनले वार्ताको प्रकृया आन्दोलनको न्यूनतम मान्यता विपरीत अघि बढेको भन्दै आफू र केही साथीहरू बाहिरिएको स्पष्ट पारिन् ।

जेनजी आन्दोलनको कुनै एकल नेतृत्व नभइ विभिन्न समूहले सामूहिक रूपमा अगाडि बढाएको बमले उल्लेख गरिन । त्यसैले अहिले वार्तामा रहेका साथीहरूको धारणा वा अडानबारे आफू पूर्ण रूपमा जानकार नभएको स्पष्ट पारिन ।

उनका अनुसार आफू प्रधानसेनापतिसँग प्रत्यक्ष वार्ताका लागि होइन, आन्दोलनको मागहरू तयारी गर्न समय माग गर्न जंगीअड्डा पुगेकी थिइन् ।

उनले जेनजी आन्दोलनका मुख्य मागहरू, साथै राज्यको भावी संरचना तथा दिशाबारे जेनजी आफैंले तय गर्नुपर्ने अडान दोहोर्याइन् ।

हाल जंगीअड्डामा अन्य जेनजी प्रतिनिधिहरूको छलफल भने जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?