Butwal Today

लुटिएका हतियार तथा गोलीगट्ठा तुरुन्त फिर्ता गर्नु:  नेपाली सेना

२५ भाद्र २०८२, बुधबार
अ+
अ-

काठमाडौं, २५ भदौ ।

नेपाली सेनाले हालैको जेनजी आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट लुटिएका हतियार, गोलीगट्ठा र अन्य सुरक्षा सामग्रीहरू अविलम्ब सम्बन्धित सुरक्षा निकायलाई फिर्ता गर्न आग्रह गरेको छ ।

सेनाको सैनिक तथा जनसम्पर्क निर्देशनालयले आज एक विज्ञप्ति जारी गर्दै आन्दोलनको बेला लुटिएका हातहतियार, गोलीगट्ठा तथा पोशाक लगायतका सामग्रीहरू फेला पार्ने जो–कोहीलाई कानुनी दायरामा ल्याइने चेतावनी दिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘लुटिएका हतियारको दुरुपयोगले जनधनमा ठूलो क्षति पुर्‍याउने सम्भावना रहेकोले यस्ता सामग्री तुरुन्त फिर्ता गरिनु अत्यन्त आवश्यक छ ।’  साथै, सेनाले सुरक्षा निकायका पोशाक तथा पहिचान सम्वन्धी सामग्रीहरू अनधिकृत रूपमा प्रयोग नगर्न पनि सबैलाई अनुरोध गरेको छ ।

नेपाली सेनाले जिम्मेवार नागरिकको हैसियतले शान्ति र सुरक्षा कायम राख्न सबैलाई सहयोग गर्न आग्रह गरेको छ ।