ट्रेंडिंग:

>> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ

एक अर्काको नक्कल गर्नमै व्यस्त गुल्मीका स्थानीय सरकार

२२ भाद्र २०८२, आइतबार
२२ भाद्र २०८२, आइतबार
गुल्मी २२ भदौ । 
गुल्मीका स्थानीय सरकार दीर्घकालीन योजना बनाएर विकास गर्ने भन्दा पनि एक अर्काको नक्कल गर्नमा व्यस्त देखिएका छन् । एक स्थानीय सरकारले कुनै नौलो कार्य गरेको पाइए त्यो भन्दा फरक गर्ने भन्दा पनि त्यसैको नक्कल गर्नेमै यहाँका स्थानीय सरकार लागेका छन् ।
गुल्मीमा सबैभन्दा पहिले गत वर्ष छत्रकोट गाउँपालिकाले जिपलाइन निर्माण गरी सञ्चालनमा ल्याएको थियो । छत्रकोटले यही प्रकृतिको संरचना अन्य स्थानीय तहमा निर्माण नगर्न आग्रहसमेत गरेको थियो ।  छत्रकोटले त्यति भन्दै गर्दा पनि त्यसैको नक्कल गर्दै अन्य स्थानीय सरकारले पनि जिपलाइन निर्माणको कार्य अगाडि बढाएका छन् ।
छत्रकोट गाउँपालिकाको वडानम्वर तीन देवालय मन्दिर परिसरबाट देवी भगवती मन्दिरसम्म एक हजार ८० मिटरको लम्वाइमा जिपलाइन सञ्चालनमा ल्याएको  हो । लुम्बिनी प्रदेश र गाउँपालिकाको  ८६ लाख ७३ हजार १४४ रुपियाँको संयुक्त  लगानीमा सानु सेतीदेवी कन्ट्रक्सन प्रालि काठमाडौँले निर्माणको कार्य सम्पन्न गरी  जिपलाइन सञ्चालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले बताए ।
यस्तै जिल्लाको रेसुङगा नगरपालिकाले पनि जिपलाइन र स्काई साइक्लिङ निर्माणको कार्यलाई अगाडि बढाएको  छ ।  नगरपालिकाका सूचना प्रविधि अधिकृत सुरेश खनालका अनुसार कूल एक करोड २५ लाखको लागतमा उक्त संरचना निर्माण गर्न लागिएको हो ।
जिपलाइन ४२५ मिटर लामो हुनेछ भने स्काई साइकिलिङ १८० मिटर लामो रहने भएको छ । खनाल एन्फ्रा प्रालिले उक्त संरचना निर्माण गर्ने जिम्मा पाएकाले पुस मसान्तसम्म निर्माण सम्पन्न हुने खनालले बताए ।
मदाने गाउँपालिकाको  वडा नम्वर ७ भनभनेको रोल्मामा ३२० मिटर लामो जिपलाइन सोही दुरीकै साइक्लिङ निर्माणको कार्य सम्पन्न गरी सञ्चालनमा ल्याएको छ ।  गाउँपालिकाको लगानीबाट ६५ लाखमा अर्घा कन्ट्रक्सन अर्घाखाँचीले निर्माणको कार्य गरेको गाउँपालिकाले जनाएको छ । यसका साथै उक्त क्षेत्रमा मन्दिर र पार्क निर्माणको कार्य पनि भइरहेको छ ।
यस्तै रुरुक्षेत्र गाउँपालिकाले पनि गुल्मी र स्याङजा जोड्ने गरी जिपलाइन निर्माणका लागि डिपीआरको काम सम्पन्न गरेको छ  । रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले स्याङजाको कालीगण्डकी गाउँपालिका र रुरुक्षेत्रको साझेदारीमा निर्माण गरिने भएकाले यसको मोडालिटी तयार नभएको बताए ।  धार्मिक तथा पर्यटकीय क्षेत्र पनि  भएकाले रुरुक्षेत्रको समग्र विकासका लागि जिपलाइनले थप टेवा पुग्ने गाउँपालिकाले जनाएको छ ।
नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले सम्भाव्यता अध्ययन नगरी होडबाजीकै रूपमा बनाउने संरचना प्रयोगविहीन हुन नहुने बताए । अहिले होडबाजीकै रूपमा बनाउने संरचना नचल्ने अवस्थामा हुँदा त्यसको जबाफदेही कोही पनि नहुने हुनाले राज्यको लगानी यसै खेर गइरहेको र जाने अवस्था आउने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?