ट्रेंडिंग:

>> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान >> “फूलको माला” नयॉ रत्यौली गीत सार्वजनिक (भिडियोसहित)  >> ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ सार्वजनिक गर्ने अध्यागमनको तयारी >> श्री पालु सिद्ध प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना >> एमाले महाधिवेशन : उद्घाटन सत्रमा १० हजार स्वयंसेवक खटाइने >> आज पनि घट्यो सुनचाँदीको मूल्य >> सामाजिक सञ्जाललाई माध्यम बनाएर यौन दुर्व्यवहार बढ्दै >> महिला टी-२० विश्वकप छनोट खेल्ने प्रारम्भिक टोली घोषणा >> शेरबहादुर तामाङ केपी ओली टिमबाट उपमहासचिवमा उठ्ने >> काठमाडौंले पोखराविरुद्ध पहिले ब्याटिङ गर्दै

नाम्लो बुन्नमा बेफुर्सदी हिस्की

छेवैमा बसेकी श्रीमतीले बोराबाट तान छुट्टाएर श्रीमानलाई दिने श्रीमानले तानबाट नाम्लाको पाता र डोरी बनाउने उनीहरूको दैनिकी हो । दसैँ भन्दा अगाडि नै बोराबाट बुनेका नाम्ला बिक्री गरी आम्दानी लिने तरखरमा हिस्की दम्पती लागेका छन् । 
२१ भाद्र २०८२, शनिबार
२१ भाद्र २०८२, शनिबार

बुटवल, २१  भदौ । 

रूपन्देहीको कञ्चन गाउँपालिका वडा नं. ५ का तारा बहादुर हिस्कीलाई आजभोलि फुर्सद छैन । खेतमा धान लहलह झुल्दै छन् ।  खेत गोडी वरी घरका अन्य सदस्य फुर्सदमा छन् तर तारा बहादुर र उनकी श्रीमती भने सिमेन्टका बोरा छुट्टाउने र बुन्नमा व्यस्त छन् ।

दसैँ भन्दा अगाडी नै बोराबाट बुनेका नाम्ला बिक्री गर्ने तरखरमा लागेका छन् उनीहरू ।  छेवैमा बसेकी श्रीमतीले बोराबाट तान छुट्टाएर श्रीमानलाई दिने श्रीमानले तानबाट नाम्लाको पाता र डोरी बनाउने उनीहरूको दैनिकी हो ।

नाम्लो डोको प्रायः पहाडी जिल्लामा प्रयोग हुन्छ, उत्पादन पनि पहाडमै गरिन्छ । पछिल्लो समयमा मेसिनबाट उत्पादन भएका नाम्लाले बजार लिइरहेको अवस्थामा तारा बहादुरले आफै हातले बुनेर नाम्लो र डोरी बनाउँदै आएका छन् ।

रोचक कुरा त के छ भने उनले उत्पादन गरेका नाम्लो तराईमा प्रयोग हुँदैन, उनै तारा बहादुरले सिजनमा एक भारी जति नाम्लो र डोरी बनाएर आफै पहाडी जिल्लामा लगेर बिक्री गर्दै आएका छन् ।

तराईमा उत्पादन गर्ने र पहाडी जिल्ला पाल्पाका विभिन्न स्थानमा लगेर बिक्री गर्दै आएको उनले बताए । पाल्पाको रामपुरमा जन्मिएका तारा बहादुरले बसाइसराइ गरी तराईको कञ्चन अस्नैया आएर स्थायी रूपमा बसोबास गरे पनि उत्पादित नाम्लो रामपुरमा लगेर बिक्री गर्दै आएका छन् ।

रामपुरका पनि गाउँ गाउँमा लगेर अलि पाका मान्छेलाई बिक्री गर्दै आएका उनी खेर जाने प्लास्टिकको बोरा प्रयोग गरी उपयोगी नाम्लो र डोरी बनाउँदै बिक्री गर्दै आएका हुन् ।

“प्रति नाम्लोलाई ५०० मा बिक्री गर्दै आएको छु जसले मलाई नुन तेल खान पुगेको छ”–तारा बहादुर भन्छन् ।
प्लाष्टिकजन्य बोराले वातावरणमा समेत प्रत्यक्ष असर पर्ने भएकोले नाम्लो डोको बनाउँदा वातावरण संरक्षण समेत हुने उनको भनाइ छ ।

एक सिजनमा १० देखि १५ वटा भन्दा बढी नाम्लो बिक्री गर्दै आएका उनले यहीँबाट राम्रो आम्दानी गर्दै आएका छन् । फुर्सदको समयमा खेर गएका विभिन्न बस्तुको प्रयोग गरी यी र यस्ता उपयोगी सामग्री बनाएर मनग्ये आम्दानी समेत गर्न सकिन्छ, स्थानीय तहले समेत यसको लागि उचित व्यावसायिक वातावरण निर्माण गर्न जरुरी छ ।

तारा बहादुरले आफूले निर्माण गरेका सामग्रीको उचित बजार प्रबन्ध स्थानीय स्तरमा हुन सके आफैले बोकेर पहाडी जिल्लामा जान नपर्ने बताउँछन् । स्थानीय पालिका र वडा कार्यालयले यसको उचित प्रबन्ध गर्नुपर्ने उनको माग छ ।

घर तथा भवन निर्माण गर्दा ठुलो परिमाणमा सिमेन्ट जन्य बस्तुको प्रयोग हुन्छ जुन प्लास्टिकको बोरामा प्याकिड्ड गरिएको हुन्छ । कतिपयले काम सकिएपछि उक्त बोरा जलाउने गरेको पाइन्छ, जसले पर्यावरणमा प्रत्यक्ष असर गर्छ ।

यसरी प्लास्टिकका बोरा जलाउनु भन्दा यसबाट विभिन्न उपयोगी सामग्री बनाउन सकिन्छ । झोला बनाउने, डोरी बनाउने, बाख्रालाई घाँस दिने जाली बनाउने, तानबाट डोरी बनाई कपडा सुकाउने, तरबार गर्ने जस्ता काममा प्रयोग गर्न सकिने वातावरणका जानकार युवराज कँडेल बताउँछन् ।

स्थानीय पालिकाहरूले गोष्ठी तथा सेमीनारमा वातावरणको नाममा लाखौँ खर्च गर्न भन्दा पुनः प्रयोगमा आउने खेर गएका, वातावरणमा प्रतिकूल असर पर्ने वस्तुलाई प्रयोग गरी नयाँ र उपयोगी वस्तु निर्माणको तालिम र बजारीकरणमा विशेष जोड दिनुपर्ने वातावरणका जानकारको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?