Butwal Today

रक्तदाता उत्प्रेरणा गोष्ठी सम्पन्न

१६ भाद्र २०८२, सोमबार
अ+
अ-
बुटवल, १७ भदौ ।
नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्त सञ्चार सेवाको आयोजनामा काठमाण्डौमा एक दिने रक्तदाता उत्प्रेरणा तथा अन्तरक्रिया विषयक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले कार्यक्रममा नया रक्तदाताको संख्या बढाउन, रगत ब्यवस्थापन तथा रगतको उपयोगीतामा गोष्ठी केन्द्रित रहेको बताए ।
रगत र रगतबाट तयार पारिने रक्त–तत्वहरूको व्यवस्थापन बारे प्रकाश पार्दै संस्थाको अगुवाईमा भएका गतिविधिबारे जानकारी दिए । नया रक्तदाता बढाउने, रगतको शुद्धता र रगत खेर जानबाट रोक्ने जस्ता काममा सबै सरोकारवाला निकायहरु एकभएर सचेतना कार्यक्रम अघि बढाउनुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्त सञ्चार सेवाका निर्देशक पवनकुमार गुप्ता र जनसम्पर्क अधिकृत प्रबीण मानन्धरले रक्तदानमा युवाको संख्या बढाउने गरि योजना बनाउनुपर्नेमा जोड दिए ।
नेपालमा रक्त व्यवस्थापनको वर्तमान अवस्था र समस्याबारे जिज्ञासालाई नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्त सञ्चार सेवाका जनसम्पर्क अधिकृत संदेश थापाले प्रकाश पारे ।