Butwal Today

चितवनमा बस र मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु

१६ भाद्र २०८२, सोमबार
अ+
अ-

चितवन ।

चितवनको भरतपुरमा बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढबाट लमजुङतर्फ गइरहेको ग १ ख ४१४० नम्बरको यात्रुबाहक बस र विपरीत दिशाबाट आइरहेको ग १२ प ६९९२ नम्बरको मोटरसाइकल आज बिहान ९:४० बजे भरतपुर महानगरपालिका–२९ स्थित १७ किलोमा एकआपसमा ठोक्किएका थिए ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालकलाई उपचारका लागि चितवन मेडिकल कलेज, भरतपुर लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीको भनाइ छ ।

मृतकको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रविन्द्र खनालले जानकारी दिए । प्रहरीका अनुसार दुर्घटनामा संलग्न बसका चालक लमजुङको बेसीसहर नगरपालिका–११ निवासी मनबहादुर विकलाई नियन्त्रणमा लिइएको छ ।  दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।