Butwal Today

खानामा नेपाली मौलिकता दिने होटल प्रेसिडेन्टको १६ओैँ आउटलेट लुम्बिनीमा

१५ भाद्र २०८२, आइतबार
अ+
अ-

बुटवल, १५ भदौ ।

प्रेसिडेन्ट ग्रुपले लुम्बिनीमा आफ्नो १६औँ शाखा संचालनमा ल्याएको छ ।

काठमाडौंमा सञ्चालन भइरहेका १५ शाखापछि शनिबारदेखि लुम्बिनीको महिलवार चोक, ५ नं. गेट माया देवी मन्दिर नजिकै औपचारिक रुपमा सेवा शुभारम्भ गरेको छ ।

सुरुवाती चरणमै २५ वटा आकर्षक र सुविधासम्पन्न कोठासहित संचालनमा आएको होटलले स्वच्छ ,शान्त वातावरण, नेपाली आर्गानीक खानामा जोड र ग्राहकलाई सस्तो तथा गुणस्तरीय सेवा दिने प्रतिबद्धता सहित लुम्बिनिबाट पनि ओैपचारिक सेवा सुरु गरेको छ ।

होटल उद्घाटन लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले गरेका थिए । कार्यक्रममा बोल्दै मन्त्री न्यौपानेले लुम्बिनी प्रदेशका उद्योग र पर्यटनलाई समृद्ध नेपाल निर्माण गर्ने प्रमुख माध्यमका रुपमा अघि बढाउनुपर्नेमा जोड दिए।

मन्त्री न्यौपानेले भगवान बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै प्रमुख धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदा भए पनि अपेक्षाकृत पर्यटक ल्याउन नसकिएको स्वीकार गर्दै संघीय, प्रदेश र स्थानीय सरकारबीच सहकार्य अपरिहार्य रहेको प्रष्ट्याए । उनले होटल, यातायात, पूर्वाधार, जनशक्ति र प्रवर्द्धन अभियानमा निजी क्षेत्रको लगानी पर्यटन विस्तारको मुख्य आधार हुने उल्लेख गर्दै सबै तहबाट समर्थन जुटाउन आग्रह गरे ।

कार्यक्रममा सहभागी होटल व्यवसायीहरुले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन नहुँदा अरबौँ लगानी जोखिममा परेको गुनासो गर्दै सरकारले लगानीमैत्री वातावरण बनाउनुपर्ने माग गरे ।

प्रेसिडेन्टमा रोजगारीमा समावेशीता र खानामा नेपाली मौलिकता

“स्वाद ,स्वस्थ्य र आतिथ्यता सँगसँगै” भन्ने मुल मन्त्र र उद्धेश्य सहित २०६३ सालमा काठमाडौंको सुन्धार बाट प्रेसिडेन्ट होटल बाट सुरुवात गरेको व्यवसायीक यात्रा एक पछि अर्को सफलता थपिदै गयो । २०६८ साल देखी प्रेसिडेन्ट ग्रुपको नामबाट व्राण्डिङ भयो । यो होटल हाल १९ बर्षको दौरानमा नेपालमै नेपाली स्वाद र राम्रो हस्पिटालिटिको पहिचान कायम गर्न सफल भएको छ ।

प्रेसिडेन्ट विजनेश ग्रुपले आगामी तिन बर्ष भित्रमा देश भरमा ८ स्थानमा पर्यटकिय स्तर भन्दा माथीमा होटलहरु र कम्तीमा ५ वटा प्रेसिडेन्ट सेकुवा मल्टिक्युजिन रेस्टुरेन्ट सञ्चालमा ल्याउने र नेपालमै सम्भावना देखेका युवाहरुलाई प्रोत्साहन गर्ने गरी आगामी दिनमा प्रेसिडेन्ट मल्टिक्युजिन रेस्टुरेन्ट फ्रेन्चाईज वितरण गरी व्राण्डलाई बृहत्तर रुपमा विस्तार गर्ने लक्ष्य राखेको सोहि विजनेश ग्रुपमा अध्यक्ष शंकर भण्डारीले बताए ।

प्रेसिडेन्ट ग्रुपले १ लाख ६ हजार ६ सय प्रिभिलेज गेष्टहरु बनाएको छ । जस्ले प्रेसिडेन्ट होटलको जुनसकै आउटलेटबाट पनि १५ प्रतिशत छुट लगायत बिशेष सुबिधा र अन्य अफरहरु पनि प्राप्त गर्छ । प्रेसिडेन्ट ग्रुपमार्फत हाल नेपालभर करिब ३५० जनाले रोजगारी पाएका छन्, जसमा २८ जना अपाङ्गता भएका व्यक्तिहरु पनि समावेश छन्।

ग्रुपका अध्यक्ष शंकर भण्डारीले व्यावसायिक सफलतासँगै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै रोजगारीमा समावेशीता र अवसर सृजना गरिरहेको बताए। उनका अनुसार, प्रेसिडेन्ट होटलमार्फत ग्राहकलाई सुरक्षित र सहज सुविधा दिने लक्ष्य राखिएको छ भने प्रेसिडेन्ट सेकुवालाई सिग्नेचर डिशका रुपमा अघि सार्दै मौलिक नेपाली खानालाई प्रवर्द्धन गरिनेछ।

लुम्बिनीलाई विश्वस्तरीय पर्यटकीय गन्तव्य बनाउन संघीय, प्रदेश र स्थानीय सरकारसँगै निजी क्षेत्रको लगानी र सक्रियता अपरिहार्य रहेको छ । प्रेसिडेन्ट ग्रुपको नयाँ होटल सञ्चालनले बाहय र स्थानीय पर्यटन उद्योगमा थप गति दिने विश्वास व्यक्त गरिएको छ।