ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

‘स्वदेशमै विदेशको विकल्प’

१५ भाद्र २०८२, आइतबार
१५ भाद्र २०८२, आइतबार

जितपुर, १५ भदौ ।

माटोमा पसिना बगाएर बाणगंगाका दिपेन्द्र बिक्रम पौडेलले स्वदेशमै केही गर्न सकिन्छ भन्ने सन्देश दिएका छन् । मिहेनत र परिश्रम गरे रोजगारीको लागि विदेशमा मात्रै होइन, स्वदेशमा पनि पशुपालनबाट राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण उनीबाट पाउन सकिन्छ ।

बाणगंगा नगरपालिका–८ पुलचोकका दिपेन्द्रबिक्रम पौडेलको दैनिकी पशु फर्मबाट सुरु हुन्छ । उनी बिहानै फर्ममा पुगेर भैँसीलाई दानापानी खुवाउने र गोठ सफा गर्छन् । यस्तै दिनचर्यामा नै उनको करिब १६ वर्ष बितिसकेको छ ।

आफ्नै गाउँघरमा व्यवसाय गर्दाको खुसी सहितको अनुभव उनीसँग छ । थोरै रकम मार्फत सुरु गरेको व्यवसाय अहिले रु. करिब ५० लाख बढीको लगानी पुगेको उनी बताउँछन् । शान्ति पशु फर्म दर्ता गरेर व्यवसाय गर्दै आएका पौडेलले आफ्नै ढाई बिघा जग्गामा घाँस खेती समेत गरेका छन् ।

२०६१/६२ तिर रोजगारीको सिलसिलामा उनी दुबई पुगे, सुरुवाती चरणमा कमाएको ४ लाख रकम फर्ममा लगानी गरि गाई पालन सुरु गरेका थिए । व्यवसाय सुरु गरेको २ वर्षमा व्यापार सङ्कटमा परेपछि उनी अतालिए ।

तर मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल भइन्छ भन्ने राम्रै उदाहरण उनी अहिले बनेका छन् । वैदेशिक रोजगारीमा जाने प्रवृत्तिका बाबजुद भैँसी पालनबाट उनले मासिक ६० हजार बढी आम्दानी गर्दै आइरहेका हुन् ।

उनीसँग भैँसी मात्रै होइन, अन्य चौपाया पनि प्रशस्तै छन् । दैनिक ५० देखि ७० लिटर दूध उत्पादन भई बेच्ने गरेको उनी सुनाउँछन् । घाँसमा आधारित पशुपालन निकै प्रभावकारी रहने पौडेल बताउँछन् ।

घाँसको सिजनमा कपिलवस्तु, अर्घाखाँची तथा रुपन्देहीमा ७ लाख बढीको घाँसका बिरुवा बिक्री गर्ने गरेका उनी घाँसमा आधारित पशुपालन गर्न अन्य कृषकलाई सुझाउँछन् । लागत पनि कम पर्ने तथा दूध उत्पादनमा बढवा आउने भएसँगै पौडेलले घाँस उत्पादनमा समेत विशेष जोड दिएका छन् ।

परिवार भन्दा बढी पशुलाई स्याहार गर्न र स्नेह लाग्ने बताउने पौडेलले पशुलाई पनि मानिसलाई जस्तै माया दर्साउने हो भने उत्पादन र उत्पादकत्वमा वृद्धि हुन्छ । पशुपालन सँगै घाँस खेतीलाई समेत प्राथमिकतामा राखेर काम गरेको उनले बताए ।

फर्मको अवलोकनको क्रममा कृषि तथा बन विज्ञान विश्वविद्यालयका सहप्राध्यापक निराजन भट्टराईले हैसियत अनुसारको मझौला फर्म सञ्चालन गर्दा प्रविधिलाई आत्मसाथ गरेर काम गर्दा सहज हुने बताए । नेपालमा नमुनायोग्य कृषि फर्म सञ्चालन गर्ने कृषकहरूले यहाँ आएर अध्ययन गर्न जरुरी रहेको तर्क गरे ।

एक छोरा र एक छोरीलाई समेत यही व्यवसायबाट यथेष्ट रूपमा कमाएर उचित शिक्षा दिएको उनले सुनाए । बजारको सहज पहुँच भएकाले पनि दूध बेच्न कुनै समस्या नरहेको उनले बताए ।

यस्तै जिल्लाका प्रायः कृषि सम्बद्ध निकायले आफूले उत्पादन गरेको घाँस खरिद गर्ने साथै घाँसका बिरुवा समेत खरिद सहज हुने हुँदा पनि व्यवसाय सोचेँ भन्दा राम्रो भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?