Butwal Today

अरनिको पाँडे २० हजार धरौटीमा रिहा हुँदै

१३ भाद्र २०८२, शुक्रबार
अ+
अ-

काठमाडौँ, १३ भदौ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य अरनिको पाँडेलाई २० हजार धरौटीमा रिहा हुने भएका छन् । साइबर अपराधको आरोपमा पक्राउ परेका पाँडेलाई काठमाडौँ जिल्ला अदालतले २० हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

शुक्रबार न्यायाधीश ध्रुवराज कार्कीको एकल इजलासले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । एक महिलालाई सामाजिक सञ्जालमार्फत गाली गलौच गरेको उजुरी परे पछि उनी गत बुधवार पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?