ट्रेंडिंग:

>> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक >> टेलिभिजन प्रसारक संघले भन्यो– लुम्विनी प्रदेशसभाले विभेदपूर्ण व्यवहार ग-यो

कान्ति माविको ६९ औ वार्षिकोत्सव

क्रिकेटमा कक्षा १२ ब्यवस्थापन विजयी
२१ मंसिर २०७९, बुधबार
२१ मंसिर २०७९, बुधबार

स्वस्तिक श्रेष्ठ
बुटवल, २१ मंसिर

बुटवलकै पुरानो विद्यालय कान्ति माविमा ६९ औ वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रमहरु शुभारम्भ भएका छन । वार्षिकोत्सवको अवसर पारेर विद्यालयले अतिरिक्त क्रियाकलाप अन्तरगत विद्यार्थीहरु बिच खेलकुद, प्रतिभा प्रस्फुटनका कार्यक्रमहरु संचालन गरेको हो । मंसिर १७ गतेबाट शुरु भएको अतिरिक्त क्रियाकलाप अन्तरगत क्रिकेट प्रतियोगिताको उपाधि ब्यवस्थापन १२ बिहानी समुहले चुमेको छ । ब्यवस्थापन ११ दिवा समुहलाई ४ बिकेटले पराजित गर्दै कक्षा १२ बिहानी समुहले उपाधि चुमेको हो ।
बुधबार भएको फाईनल खेलमा टस जितेर कक्षा ११ ले ब्याटिङ रोज्दै निर्धारित १० ओभरमा ८२ रनको लक्ष्य खडा गरेको थियो । मध्य लक्ष्य पछयाएको कक्षा १२ का ब्याटम्यानहरुले ९ ओभरमा केवल ६ बिकेट गुमाएर जित निकाल्यो । फाइनल खेलमा २४ रनसहित ४ विकेट लिन सफल अलराउण्डर कक्षा १२ का अर्जुन सापकोटा म्यान अफ सिरिजबाट पुरस्कृत भए । क्रिकेट प्रतियोगितामा विद्यालयका विभिन्न २४ टिमले प्रतिस्प्रर्धा गरेका थिए ।
एक समारोहका बिच विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हेमानन्द शर्मा, रुपन्देही जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख राजेन्द्र श्रेष्ठ, प्राचार्य गोबिन्द ज्ञवाली, उपप्राचार्य पुर्णभद्र उपाध्याय, केदारनाथ ज्ञवाली, समुहगत संयोजक भानुभक्त भुषाल, डिल्लीप्रसाद बेल्बासे, बिदुर पौडेल, राजन अर्याल, प्रतियोगिताका एम्पायर कृष्ण चुदाली, सुदिप खनालले विजेता, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरेका थिए ।
मंसिर १७ गतेबाट शुरु भएको सप्ताहब्यापी कार्यक्रममा छात्रछात्रा भलिबल, फुटबल, एथ्लेटिक्स, म्याराथान, टेबलटेनिस, ब्याटमिन्टन, कबठी लगायतका खेलकुदका साथै साहित्यिक र प्रतिभाप्रस्फुटनका कान्ति डान्स तथा गायन आईडल पुष १ गतेसम्म संचालन हुने विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख महेश खनालले बताए । विद्यालयको वार्षिकोत्सव मुल समारोह पुष २ गते हुने उनले बताए । विद्यालयमा ५ हजार ५ सय विद्याथीहरु र २ सय शिक्षक, कर्मचारीहरु छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?