Butwal Today

साफ यु–१७ महिला च्याम्पियनसिप: भुटान विरुद्ध नेपालको पुनरागमन जित

७ भाद्र २०८२, शनिबार
अ+
अ-

काठमाडौँ, ०७ भदौं ।

सहारा लिम्बुको दुई गोलमा भुटानमा भइरहेको साफ यु–१७ महिला च्याम्पियनसिपमा नेपाली यु–१७ महिला टिमले घरेलु टोली विरुद्ध पुनरागमन जित हात पारेको छ ।

थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा शुक्रबार भएको खेलमा नेपालले दोस्रो हाफमा दुई गोल गर्दै भुटानलाई २–१ ले पराजित गरेको हो ।

पहिलो हाफमा भुटानले १–० को अग्रता लिएको थियो । तर सहाराले नेपालका लागि ५८औँ मिनेटमा बराबरी गोल फर्काइन् । त्यसपछि सहाराले नै ७७औँ मिनेटमा गोल गर्दै नेपाललाई २ अग्रता दिलाइन् , र त्यही गोल निर्णायक बन्दा नेपालले च्याम्पियनसिपमा पहिलो जितसहित ३ अङ्क जोडेको छ ।

पहिलो खेलमा नेपाल भारतसँग ७–० ले पराजित भएको थियो । नेपालले आफ्नो तेस्रो खेल आउने आइतबार बङ्गलादेशसँग खेल्नेछ ।